निर्वाचन आयोगले प्रचारप्रसार निषेधका अवधिमा राजनीतिक दलको बैठकमार्फत उपराष्ट्रपतिका उम्मेदवारलाई मत दिने वा नदिने निर्णय नगर्न/नगराउन ध्यानाकर्षण गराएको छ।
काठमाडौँ– निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनमा स्वविवेक प्रयोग गरी मतदान गर्न निर्वाचन मण्डलका सदस्यहरूलाई अनुरोध गरेको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बिहीबार विज्ञप्ति जारी गर्दै शुक्रबार हुने उपराष्ट्रपति निर्वाचनको सम्पूर्ण तयार पूरा भएको र स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा निर्वाचन हुने जनाएका हुन्।
आयोगले उपराष्ट्रपतिको निर्वाचनका लागि शुक्रबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरेको छ। आयोगले प्रचारप्रसार निषेधका अवधिमा राजनीतिक दलको बैठकमार्फत उपराष्ट्रपतिका उम्मेदवारलाई मत दिने वा नदिने निर्णय नगर्न/नगराउन पनि ध्यानाकर्षण गराएको छ।
आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको ४८ घण्टा अघिदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागू भइरहेको विज्ञप्तिमार्फत स्मरण गराएको छ। निर्वाचन प्रचारप्रसारका लागि कुनै पनि प्रकारका बैठक, छलफल, अन्तर्क्रिया, सभा सम्मेलन कार्यशाला गोष्ठी लगायतका गतिविधि नगर्न आयोगले ध्यानाकर्षण गराएको छ।
“उम्मेदवारको पक्षमा वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न, आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, राजनीतिक दलहरूको बैठकबाट उम्मेदवारहरूलाई मत दिने वा नदिने निर्णय गर्न, सञ्चारमाध्यमबाट जित/हारको पूर्वानुमानका सामग्रीहरू प्रसारजस्ता कार्य गर्न नहुने भएको हुँदा यस्तो आचरणहरू पालना गर्न/गराउन सम्बन्धित उम्मेदवार, उम्मेदवारका प्रतिनिधि राजनीतिक दललगायत सम्पूर्ण सरोकारवालालाई आयोग पुनः आग्रह गर्दछ,” विज्ञप्तिमा भनिएको छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
