कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको सेयर मूल्य उकालो लागेको छ भने नौ उपसमूहको सेयर मूल्य ओरालो लागेको छ।
काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५.३२ अंकले ओरालो लागेर १९३३.३१ मा सीमित भएको छ।
ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.५१ अंकले ओरालो लागेर ३६४.७८ मा सीमित भएको छ। कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको सेयर मूल्य उकालो लागेको छ भने नौ उपसमूहको सेयर मूल्यमा भने ओरालो लागेको छ।
विभिन्न कम्पनीका कूल ३४ लाख दुई हजार २६७ कित्ता सेयर एक अर्ब १४ करोड १४ लाख ५५ हजार ६२ मूल्यमा खरिद बिक्री भएका छन्। कारोबारपछि बजार पुँजीकरण २७ खर्ब ९३ अर्ब ४१ करोड ८७ लाख ६२ हजार २७८ पुगेको छ।
कारोबारका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा छ। सो बैंकको चार करोड ९४ लाख ९२ हजार ६१९ बराबरको कारोबार भयो। नबिल बैंक तीन करोड ९६ लाख ८३ हजार ७३१, हिमालयन डिस्टिलरी तीन करोड ८३ लाख दुई हजार ५८५, नेपाल लाइफ इन्स्योरेन्स तीन करोड ३० लाख तीन हजार ८६१ र सिद्धार्थ बैंकको संस्थापक शेयर दुई करोड ५६ लाख बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।
नेप्सेका अनुसार युनिक नेपाल लघुवित्त, शुभम् पावरको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। लिवर्टी इनर्जी ४.९८, किसान लघुवित्त ४.९३ र विन नेपाल लघुवित्तको ४.२५ प्रतिशतले सेयर मूल्य बढेको छ।
त्यस्तै, लक्ष्मी लघुवित्त ५.७६, नयाँ सारथि लघुवित्त ४.८०, प्रभु लाइफ इन्स्योरेन्स ४.७४, ग्रीन डेभलपमेन्ट बैंक ४.६८ र सानिमा ग्रोथ फन्डको ४.२० प्रतिशतले सेयर मूल्य बढेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
