बागलुङको गलकोट नगरपालिका–६ मजुवाफाँटमा प्रशासकीय भवन बनाउन २०७९ असारमा सम्झौता भएको थियो। तर, हालसम्म १० प्रतिशत मात्रै प्रगति भएको छ।
गलकोट– बागलुङको गलकोट नगरपालिका प्रशासकीय भवन निर्माणमा ढिलाइ भएको छ।
प्रशासकीय भवन सम्झौताअनुसार निर्माण हुन नसकेको हो। गलकोट नगरपालिका–६ मजुवाफाँटस्थित आठ रोपनीमा प्रशासकीय भवन बनाउन २०७९ असार १४ गते सम्झौता भएको थियो।
सम्झौताको १० महिना बित्दा बल्ल निर्माण शुरू भएको छ। १२ करोड ४१ लाख रुपैयाँ लागतमा रविना जुगल जेभीले निर्माणको जिम्मा लिएको छ। २०८१ मंसिरमा सक्ने सम्झौता छ।
हालसम्म १० प्रतिशत पनि काम नभएको नगरप्रमुख भरत शर्मा गैरेले जानकारी दिए। “१० महिनामा बल्ल जग खन्न थालिएको छ,” नगरप्रमुख गैरैले भने, “निर्माण व्यवसायीले २० प्रतिशत भुक्तानीसमेत लगिसकेको छ।”
खोलाको छेउमा भवन निर्माणका लागि जग्गा व्यवस्थापन गर्न नसक्दा ढिलो भएको रविना जुगल जेभीका प्रतिनिधि नरेश ओझाले बताए।
सुविधासम्पन्न पाँचतले भवनसँगै अन्य शाखा कार्यालय बनाउने सम्झौता छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
