नवलपरासी जिल्ला कारागारमा १७७ कैदीबन्दी राख्ने क्षमता छ। तर, ७४ जना महिला, ४२१ पुरुष र तीन नाबालक कैदीबन्दीलाई कोचाकोच गरेर राखिएको छ।
नवलपरासी– नवलपरासी जिल्ला कारागार १७७ कैदीबन्दी राख्ने क्षमता छ। तर, हाल ४९८ कैदीबन्दीलाई कोचाकोच गरेर राखिएको छ।
कैदीबन्दीलाई सुत्न, खाना खान र शौचालय प्रयोग गर्न समस्या भएको कारागार प्रशासनले जनाएको छ। १५–१६ जनाले एउटै बाथरुम प्रयोग गर्नुपर्ने बाध्यता छ।
कारागारमा ७४ जना महिला, ४२१ पुरुष र तीन नाबालक छन्। साविकको पश्चिमाञ्चल क्षेत्रमै नमूना करागारका रूपमा रहेको भए पनि अहिले समस्या बढ्दै गएको जेलर पुनराम पौडेलले बताए।
“मनोरञ्जनलगायत प्रयोजनका लागि बनाइएका कोठा कैदीबन्दी सुत्नका लागि प्रयोग गरेका छौँ,” उनले भने, “धेरै जना एकै ठाउँमा राख्दा सरुवा रोगको संक्रमण छिटो फैलिने जोखिम बढेको छ।”
सदरमुकाम परासीको मुख्यबजार क्षेत्रमा रहेको कारागार साँघुरो भएपछि फराकिलो स्थानमा सारिएको थियो। कैदीबन्दी बढ्दै जाँदा त्यहाँ पनि समस्या भएको हो।
बेला–बेला कतिपय कारागारमा हैजा, झाडापखलालगायत सरुवा रोगका कारण एकैपटक सबै कैदीबन्दी बिरामी पर्ने समस्या देखिने गरेकाले सतर्कता अपनाइएको जेलर पौडेलको भनाइ छ।
यहाँ लागुऔषध कारोबारमा दोषी ठहरिएका कैदीबन्दी बढी छन्। खुला सिमानाका कारण भारतबाट लागुऔषध ओसारपसार गर्नेको संख्या बढी छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
