जुम बैठकमा एक जनाको प्रस्तुति भइरहँदा डिनको कार्यकक्षमा आफ्नै कुर्सीमा बसेर महिला कर्मचारीसँग अनैतिक कार्य गरेको भिडियो सार्वजनिक भएपछि दत्तलाई निलम्बन गरिएको हो।
चितवन– कृषि तथा वन विश्वविद्यालयको कृषि संकायका डिन जयप्रकाश दत्त निलम्बित भएका छन्।
दत्तले जुम बैठक चलिरहँदा महिला कर्मचारीसँग अनैतिक कार्य गरेको भिडियो सार्वजनिक भएपछि विश्वविद्यालयले निलम्बन गरेको हो।
मंगलबार भएको जुम बैठकमा एक जनाको प्रस्तुति भइरहँदा डिन कार्यालयको कार्यकक्षमा आफ्नै कुर्सीमा बसेर महिला कर्मचारीसँग अनैतिक कार्य गरेको भिडियो सार्वजनिक भएको थियो।
त्यस्ता दुईवटा भिडियो सार्वजनिक भएपछि दत्तलाई निलम्बन गरेर छानबिन समिति गठन गरिएको उपकुलपति पुन्य रेग्मीले जानकारी दिए।
विश्वविद्यालयका प्राध्यापक डा श्रवणकुमार शाहको संयोजकत्वमा प्रा डा दुर्गा देवकोटा र प्रा नारायणराज जोशी सदस्य रहेको छानबिन समिति गठन गरिएको छ।
समितिले १५ दिनभित्र प्रतिवेदन बुझाउने छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
