१८५९ कात्तिकमा नायवी प्रथाको अन्त्य भई मुख्तियारी प्रथाको शुरू भएको र प्रथम मुख्तियारमा दामोदर पाँडे नियुक्त भएको प्रतिष्ठानले स्मृति दिवसका अवसरमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
काठमाडौँ– काजी दामोदर पाँडेको २१९औँ स्मृति दिवस मनाइएको छ।
शुक्रबार ‘काजी कालु पाँडे काजी तुलाराम पाँडे स्मृति प्रतिष्ठान’ले काठमाडौँको भद्रकालीमा पाँडेको तस्वीरमा माल्यार्पण गरी दिवस मनाएएको हो।
पाँडेले नेपाल एकीकरणमा गरेको योगदानलाई स्मरण गर्दै श्रद्धाञ्जली गरिएको प्रतिष्ठानका महासचिव भक्तप्रल्हाद पाँडेले बताए। काजी कालु पाँडेका कान्छा छोरा दामोदरको जन्म १८०८ वैशाखमा गोरखामा भएको थियो।
१८५९ कात्तिकमा नायवी प्रथाको अन्त्य भई मुख्तियारी प्रथाको शुरू भएको र प्रथम मुख्तियारमा दामोदर पाँडे नियुक्त भएको प्रतिष्ठानले स्मृति दिवसका अवसरमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
बहादुर शाहले चौबिसी राजासँग लडाइँ गर्दा दामोदर पाँडे गोरखाली सेनाको प्रधानसेनापति रहेको र उनको अगुवाइमा नेपाल सीमा काली नदी कायम भएको प्रतिष्ठानले जनाएको छ।
त्यसपछि उनी नेपाल–चीन युद्धमा सेनापति भई युद्ध लडेको र बेत्रावती सन्धि गर्न विशेष भूमिका निभाएको उल्लेख गरिएको छ। तत्कालीन शासकले १८६० सालमा हाल भद्रकाली मन्दीर रहेको स्थानमा पाँडेको हत्या गरेको बताइएको छ।
“हाम्रो पुर्खा काजी दामोदर पाँडेको पूर्णकदको सालिक हत्या स्थलमा राख्ने योजना छ,” महासचिव पाँडेले भने, “त्यस्तै उहाँको सम्मानमा भद्रकाली–माइतीघर सडकको ‘दामोदर पाँडे’ राख्न पनि पहल गरिरहेका छौँ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
