चिनियाँ राष्ट्रपति सीले दुई दिने मस्को भ्रमण गर्ने भएका छन्। भ्रमणका क्रममा ‘महत्त्वपूर्ण द्विपक्षीय दस्ताबेज’मा हस्ताक्षर हुने अपेक्षा गरिएको छ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले आगामी साता रुसको भ्रमण गर्ने भएका छन्। सोमबारबाट शुरू हुने दुई दिने मस्को भ्रमणका क्रममा सीले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्ने छन्। क्रिमलिनका अनुसार सीको भ्रमण मार्च २० देखि २२ सम्मका लागि तय भएको छ।
चीनले युक्रेन युद्धमा आफू तटस्थ रहेको भन्दै रुसलाई कूटनीतिक सहयोगको प्रस्ताव गरेको छ। उसले वासिंटनले द्वन्द्वलाई ‘छद्म’ युद्धमा परिणत गरेको आरोप लगाएको छ।
क्रेमलिनले उनीहरूबीच ‘व्यापक साझेदारी र रणनीतिक सहयोग’बारे छलफल हुने बताएको बीबीसीले उल्लेख गरेको छ। युक्रेनमा युद्ध अन्त्य गर्ने बेइजिङको प्रस्तावलाई पश्चिमा राष्ट्रले समर्थन गरेका बेला सीको मस्को भ्रमण हुन लागेको हो।
चिनियाँ विदेश मन्त्रालयले पुटिनको निमन्त्रणामा सी मस्को भ्रमणमा जान लागेका जनाएको छ। भ्रमणका क्रममा ‘महत्त्वपूर्ण द्विपक्षीय दस्ताबेज’मा हस्ताक्षर हुने अपेक्षा गरिएको छ। शुक्रबार चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङले सीको मस्को भ्रमण ‘मित्रता र शान्तिका लागि’ भन्दै ट्विट गरेकी छन्।
उनले युक्रेनको युद्धमा चीनले ‘वस्तुगत र निष्पक्ष अडान’ कायम राख्ने र ‘शान्ति स्थापनाका लागि वार्ता गराउन रचनात्मक भूमिका खेल्ने’ बताइन्।
गत फेब्रुअरीमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बेइजिङको प्रस्तावबारे छलफल गर्न सीलाई भेट्न चाहेको बताएका थिए। उनले भनेका थिए, “चीनले रुसलाई हतियार दिँदैन भनेर म विश्वस्त हुन चाहन्छु।”
मस्को भ्रमणको खबर बाहिरिनुअघि सीले युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग टेलिफोनमा कुराकानी गर्ने अपेक्षा गरिएको बारे वाल स्ट्रिट जर्नलले रिपोर्ट प्रकाशित गरेको थियो। युक्रेन र रुसबीचको युद्ध रोकिने छाँटकाँट देखिएको छैन, तर यसको प्रभावहरू विश्वभर परिरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
