उद्योग विभागको सिफारिस र नेपाल राष्ट्र बैंकबाट स्वीकृतिपछि १५ दिनभित्र लाभांशबापतको रकम विदेश लैजान पाइन्छ।
काठमाडौँ– चालु आर्थिक वर्षको आठ महिनामा लाभांशबापत करिब साढे १३ अर्ब रुपैयाँ बिदेसिएको छ। उद्योग विभागका अनुसार चालु आवको फागुन मसान्तसम्म १३ अर्ब ४५ करोड ९८ लाख ७८ हजार ३२४ लाभांशबापत रकम फिर्ताको सिफारिस गरेको हो।
विभागले आठ महिनामा रोयल्टीबापत दुई अर्ब आठ करोड ९३ लाख ९७ हजार १०७ रुपैयाँ, ११ लाख ४८ हजार ७६० अमेरिकी डलर, ३० करोड ४७ लाख ५० हजार ८२५ भारतीय रुपैयाँ तथा सात हजार युरो विदेश लैजानका लागि सिफारिस गरेको छ। विभागको सिफारिस र नेपाल राष्ट्र बैंकबाट स्वीकृतिपछि १५ दिनभित्र रकम लैजान पाइन्छ।
फागुनमा मात्रै तीन अर्ब सिफारिस
विभागले फागुनमा मात्रै लाभांशबापत करिब तीन अर्ब रुपैयाँ विदेश लैजानका लागि सिफारिस दिएको छ। विभागले दुई अर्ब आठ करोड १० लाख ८३ हजार विदेश लैजान सिफारिस गरेको हो। रोयल्टीबापत फागुनमा मात्रै ३३ करोड ३० लाख ९१ हजार ५३७, दुई लाख ५० हजार २४ अमेरिकी डलर, २० लाख १० हजार भारतीय रुपैयाँ फिर्ता लैजाने गरी स्वीकृति प्रदान गरेको छ।
शाखाका प्रमुख शंकरसिंह धामीका अनुसार गत आवको तुलनामा चालु आवमा बिदेसिने रकम बढ्ने विभागको अनुमान छ। “गत आवमा विभागले विदेशी लगानीका उद्योगको नाफा तथा रोयल्टीबापतको रकम लैजान कडाइ गरेको थियो, गत वर्ष कडाइ गर्दा अहिले लाभांश तथा रोयल्टी रकम धेरै बिदेसिने अनुमान छ”, उनले भने।
चालु आवको फागुनसम्म विभागले व्यवसायी भिसाअन्तर्गत एक हजार ६९ जना लगानीकर्ता, १५० जना प्रतिनिधि र ३९२ जना आश्रितका लागि सिफारिस गरेको छ। फागुनमा मात्रै विभागले १२३ जना लगानीकर्ता, २९ जना प्रतिनिधि र ७५ जना आश्रितका लागि भिसा सिफारिस गरेको छ।
विभागका अनुसार फागुनसम्म २३९ उद्योगका लागि ३१ अर्ब २१ करोड ११ लाख ३२ हजार १९६ रुपैयाँ लगानीको प्रतिबद्धता प्राप्त भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
