प्रधानमन्त्री दाहालले आफूले चैत्र ६ गते विश्वासको मत लिने र त्यसको चार दिनभित्रमा मन्त्रिपरिषद्लाई पूर्णता दिने बताएका छन्।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चैत्र १० गते मन्त्रिपरिद्ले पूर्णता पाउने बताएका छन्।
शुक्रबार लगानी बोर्डको बैठकपछि प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्। उनले आफूले चैत्र ६ गते विश्वासको मत लिने र त्यसको तीन/चार दिनसम्ममा मन्त्रिपरिषद्ले पूर्णता पाउने बताए।
“विश्वासको मतपछि सरकारलाई पूर्णता दिनेछु। विश्वासको मत ६ गते लिने भनिएको नै छ। त्यसको ४ दिनभित्रमा सरकारलाई पूर्णता दिन्छु,” न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले भने।
प्रधानमन्त्री दाहालले शुक्रबार उपराष्ट्रपतिको निर्वाचनपछि सबै दलहरूसँग बसेर सत्ता बिस्तारबारे पनि छलफल गर्ने बताए। सरकार बिस्तार गर्नका लागि कुनै पनि प्रकारको समस्या नरहेको उनको भनाइ।
नेकपा एमाले, राप्रपा र रास्वपा सरकारबाट बाहिरिएपछि हाल ७ सदस्यीय मन्त्रिपरिषद् कायम छ। गृह, रक्षा, अर्थसहित १६ मन्त्रालय प्रधानमन्त्री दाहाल आफैँले राखेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
