यूईएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलको 'ड्र' सार्वजनिक भएको छ।
काठमाडौँ– यूईएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा इंग्लिस क्बल म्यान्चेस्टर सिटी र जर्मन क्लब बायर्न म्युनिख भिड्ने भएका छन्।
युरोपेली फुटबल महासंघ (यूईएफए)ले शुक्रबार सार्वजनिक गरेको अन्तिम आठको ‘ड्र’अनुसार सिटी र बायर्न भेट पक्का भएको हो।
प्रि-क्वार्टरफाइनलमा आरबी लाइपजिगलाई समग्रमा ८-१ गोल अन्तरले पराजित गर्दै सिटी क्वार्टरफाइनलमा पुगेको थियो।
यता, बायर्न फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई समग्रमा ३-० गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा पुगेको थियो।
अर्को खेलमा स्पेनिस क्लब रियल मड्रिड र इंग्लिस क्लब चेल्सी भिड्ने भएका छन्।
रियलले इंग्लिस क्लब लिभरपुललाई समग्रमा ६-२ गोल अन्तरले पराजित गर्दे क्वार्टरफाइनलमा स्थान बनाएको थियो। यता, चेल्सी जर्मन क्लब बोरुसिया डर्टमुन्डलाई २-१ गोल अन्तरले हराउँदै अन्तिम आठमा पुगेको थियो।
अन्तिम ८ मा इटालियन क्लब एसी मिलान र नेपोली भिड्ने छन्। यस्तै, अर्को इटालियन क्लब इन्टर मिलानले पोर्चुगिज क्लब बेनिफिका प्रतिद्वन्द्वी पाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
