काठमाडौँबाट सुर्खेत उडेको बुद्ध एयरको जहाजमा समस्या, फर्काएर काठमाडौँ अवतरण

उडेको केहीबेरमा जहाजको इन्डिकेटरमा समस्या देखिएपछि फर्काइएको नागरिक उड्‌डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए। जहाजमा ६२ जना यात्रु थिए।

काठमाडौँ– काठमाडौँबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको एटीआर–७२ जहाजमा समस्या देखिएपछि काठमाडौँ नै फर्काइएको छ।

शनिबार बिहान उडेको केहीबेरमा जहाजको इन्डिकेटरमा समस्या देखिएपछि फर्काइएको नागरिक उड्‌डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए।

जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको उनले बताए। अवतरणपछि उक्त जहाज ग्राउन्डेड गरिएको छ।

प्राविधिक टोलीले जहाजको परीक्षण गरिरहेको र उडानको चेकजाँचमा संलग्न प्रविधिकलाई निलम्बन गरिएको प्रवक्ता निरौलाले बताए।

जहाजमा ६२ जना यात्रु थिए।