शनिबार शीतल निवासमा आयोजित चियापान समारोहमा राष्ट्रपति पौडेलले अबको बाटो दिगो शान्ति, विकास, सुशासन र समृद्धि रहेको र यसतर्फ सरकार तथा सांसदहरूको सकारात्मक भूमिकाको अपेक्षा गरे।
काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक उपलब्धिको रक्षाका लागि राष्ट्रिय सहमति र एकताको आवश्यकता रहेको बताएका छन्।
शनिबार शीतल निवासमा संघीय र प्रदेश सांसदका लागि राखिएको चियापान समारोहमा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले मुलुकमा अहिले पनि मुलुकमा थुप्रै चुनौती रहेको र त्यसको सामना गर्न राष्ट्रिय सहमति आवश्यक रहेको बताएका हुन्।
“मुलुकमा अहिले पनि थुप्रै चुनौती छन्। कोभिड–१९ महामारीपछि विश्वव्यापी रूपमा देखिएको आर्थिक सुस्तताको असर नेपालमा समेत देखिन थालेको छ,” राष्ट्रपति पौडेलले भने, “संक्रमणकालीन न्यायको व्यवस्थापन, आर्थिक क्षेत्रमा देखिन थालेका असर एवं जलवायु परिवर्तनका असरको न्यूनीकरण तथा राजनीतिक उपलब्धिको रक्षा जस्ता विषयमा राष्ट्रिय सहमति र राष्ट्रिय एकताको आवश्यकता देखेको छु।”
प्राप्त राजनीतिक उपलब्धिको सदुपयोग गर्दै तीव्र आर्थिक, सामाजिक रूपान्तरणमा ध्यान दिन नदिए प्राप्त उपलब्धि माथि नै प्रहार हुन सक्नेतर्फ गम्भीर हुन उनले आग्रह गरे।
राष्ट्रपति पौडेलले अबको बाटो दिगो शान्ति, विकास, सुशासन र समृद्धि रहेको र यसतर्फ सरकार तथा सांसदहरूको सकारात्मक भूमिकाको अपेक्षा गरे।
संघ, प्रदेश र स्थानीय तहका साथै निजी क्षेत्रको सहकार्यमा प्राप्त प्रतिफलको समुचित वितरणबाट जनताको इच्छा र आकांक्षा सम्बोधन गर्नुपर्नेतर्फ सबैको ध्यान जाने उनको विश्वास छ।
समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री, मन्त्री, प्रदेशका मुख्यमन्त्री, संघीय तथा प्रदेशसभा सदस्य सहभागी थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
