गाेरखाकाे पालुङटारस्थित लिगलिगकोटबाट शुरू भएको दौड आपँपिपल भञ्ज्याङ– हर्मी भञ्ज्याङ– मुकुन डाँडा–हुँदै पुन: लिगलिगकोटमा आएर टुंगिएको थियो।
काठमाडौँ– गोरखाको पालुङटारमा सम्पन्न तेस्रो लिगलिगे साइकल दौडको उपाधि हिमाल टमाटाले जितेका छन्।
शनिबार भएको दौडमा अच्युतकृष्ण खरेल दोस्रो र कुमार तामाङ तेस्रो भए। लिगलिगकोटबाट शुरू भएको दौड आपँपिपल भञ्ज्याङ– हर्मी भञ्ज्याङ– मुकुन डाँडा–वटडाँडा–बोहोरागाउँ–बिजुलीडाँडा–खोल्ली हुँदै पुन: लिगलिगकोटमा आएर टुंगिएको हो।

दौडमा १०० जना सहभागि थिए। लिगलिगकोटलाई साहसिक खेल केन्द्रका रूपमा विकास गर्न २०७७ देखि हरेक वर्ष दौड आयोजना गर्न थालिएको आयोजक टोलीका सदस्य सञ्जीव राना मगरले बताए। १६औँ शताब्दीमा घले राजाहरूले शासन गर्ने गरेको लिगलिग राज्यको राजधानी लिगलिगकोट थियो। त्यस समयमा घले राजाले हरेक वर्ष नयाँ शासक चुन्नका लागि दौड आयोजना गर्ने गर्थे।

द्रव्य शाहले पनि उक्त दौडमा भाग लिएको र जितेपछि उक्त दौड नै बन्द गराएर नेपाल एकिकरणको जग बसाउन सघाएको इतिहास छ। पनि विश्वास गरिन्छ । अहिलेसम्म यस क्षेत्रमा हरेक वर्ष दसैँको समयमा दौडको आयोजना गर्ने गरिन्छ ।




Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
