एमाले प्रमुख सचेतक पदम गिरीले सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकलाई अन्तर्राष्ट्रिय समुदाय र मानवअधिकार आयोगले नियालिरहेकाले हतारिएर पारित गर्न नहुने बताएका छन्।
काठमाडौँ– नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक संसदीय समितिमा पठाएर छलफल गर्नुपर्ने बताएका छन्।
शनिबार प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय दलका प्रमुख सचेतक र सचेतकसँग गरेको छलफलपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले विधेयकलाई संसदीय समितिमा छलफल गरेर टुंगोमा पुर्याउनुपर्ने बताएका हुन्। उनले विधेयकलाई अन्तर्राष्ट्रिय समुदाय र मानवअधिकार आयोगले नियालिरहेको भन्दै हतार गरेर पारित गर्न नहुने बताए।
“यो विषय संसद्मा पेस भइसकेपछि विभिन्न ढंगले छलफल हुन्छन्, संशोधन हुन्छ, त्यसमा छलफल हुँदै जान्छ। तर समितिमा गएर व्यापक रूपले छलफल गरेर यसलाई टुंगोमा पुर्याउनुपर्छ। संसद्बाट हतारका साथ पारित गरेर जानु हुँदैन, अन्तर्राष्ट्रिय समुदाय र मानवअधिकार आयोगको ध्यानाकर्षण भएको छ। यसमा विशेष जोड दिएर गम्भीर बनेर जानुपर्छ,” उनले भने।
प्रमुख सचेतक गिरीले बैठकमा नेकपा एमालेले प्रमुख प्रतिपक्षको रूपमा आफूहरूका लागि सिट व्यवस्थापन हुनुपर्ने माग गरेको बताए। उनले आइतबार साढे १० बजे कांग्रेसले बैठक बसेर यसबारेमा आफ्नो धारणा राख्ने कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बैठकमा बताएको जानकारी दिए।
प्रमुख सचेतक गिरीले प्रतिनिधिसभा नियमावली अहिलेसम्म संसद्मा पेस हुन नसक्दा संसदीय समिति र अन्य काम कारबाहीहरू अघि बढ्न नसकेको बारेमा पनि बैठकमा छलफल भएको बताए। उनले संसदीय गतिविधिलाई मध्यनजर गरी आइतबारको संसद् बैठकमा प्रतिनिधिसभा नियमावली पेस गर्ने सहमति भएको बताए। “छिटोभन्दा छिटो अघि लैजाने कुरालाई मध्यनजर गरी भोलि नै पेस गर्ने सहमति गरेका छौँ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
