बेलायती राजसिंहासनमा ७० वर्ष बसेकी महारानी एलिजाबेथ द्वितियको बिहीबार ९६ वर्षको उमेरमा निधन भएको छ।
काठमाडौं- बेलायती साम्राज्यको पतन र आफ्नै परिवारमा अव्यवस्था देखाउने अशान्त युगमा बेलायतको सबैभन्दा लामो समय शासन गर्ने र स्थिरताको प्रतीक महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा निधन भएको छ। सिंहासनमा बसेको ७० वर्षपछि बिहीबार उनको निधन भएको हो।
एलिजाबेथ द्वितीय बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने महारानी हुन्। यसअघि उनकी जिजुबजु महारानी भिक्टोरियाले बेलायतमा ६३ वर्ष शासन गरेकी थिइन्। सन् २०१५ मा उनले भिक्टोरियालाई उछिन्दै सबैभन्दा धेरै शासन गर्ने महारानी बनेकी हुन्।
बकिंघम प्यालेसका अनुसार स्कटल्याण्डको ग्रीष्मकालीन निवास बालमोरल दरबारमा उनको निधन भएको हो। महारानीको स्वास्थ्य बिग्रिएपछि शाही परिवारका सदस्यहरू बिहीबार नै बालमोरल दरबार पुगेका थिए।
महारानीको निधनपछि उनका छोरा ७३ वर्षीय चार्ल्स स्वतः राजा भएका छन्। उनलाई राजा चार्ल्स तृतीय घोषणा गरिएको छ। चार्ल्स बेलायत तथा १४ कमनवेल्थ राज्यका राजा बनेका छन्। उनी कमनवेल्थ प्रमुख, बेलायती सेनाको कमान्डर–इन–चिफ, चर्च अफ इंग्ल्यान्डको सुप्रिम गर्भनरसहित ६०० भन्दा बढी संस्था र च्यारिटीको प्रमुख हुनेछन्। महारानीको मृत्युपछि यी सबै पद स्वत: उनमा सरेका हुन्।
१० दिनको औपचारिक शोकपछि मात्र महारानीको अन्त्येष्टि गरिनेछ। महारानीलाई राजकीय सम्मानसाथ अन्तिम श्रद्धाञ्जली दिइने बेलायती सञ्चारमाध्यमहरुको भनाइ छ।
महारानीको शवलाई स्कटल्यान्डबाट बकिङ्घम प्यालेसमा सारिने बताइएको छ।
एलिजावेथ अलेक्जेन्ड्रा मेरी २१ अप्रिल १९२६ मा लन्डनमा राजकुमारीका रुपमा जन्मेकी थिइन्। उनी राजा जर्ज पञ्चमको सन्तान हुन्। उनी जन्मिदा रानी बन्ने अपेक्षाा गरिएको थिएन। उनी रोलक्रममा बुबा र काकापछि तेस्रो स्थानमा थिइन्।
उनले सन् १९४७ मा राजकुमार फिलिपसँग विवाह गरिन्। फिलिप युद्धको समयमा उनका प्रेमी थिए। उनको निधन सन् २०२१ मा भएको हो।
सन् १९५२ मा उनका बुबा जर्ज पञ्चमको मृत्युपछि उनी २५ वर्षको उमेरमा रानी बनिन्। त्यसको १६ महिनापछि उनको राज्याभिषेक समारोह आयोजना गरिएको थियो।
उनका चार छोराछोरी, आठ नातिनातिना र १२ पनातिपनातिनी छन्।
रानी एलिजावेथको शासनकालमा १५ जना अलगअलग प्रधानमन्त्री बने। जसमा विन्स्टन चर्चिलदेखि नवनियुक्त प्रधानमन्त्री लिज ट्रससम्म छन्। एजेन्सी
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
