प्रधानमन्त्री दाहालविरुद्ध फौजदारी अभियोगको मागसहित मुद्दा दर्ता भएपछि सरकारले टीआरसी विधेयक संसद् सचिवालयमा दर्ता गराएको थियो। १० दलीय गठबन्धनले टीआरसी विधेयकको पक्षमा उभिने निर्णय गरिसकेको छ।
काठमाडौँ– संक्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयक आइतबार प्रतिनिधिसभामा पेस हुँदै छ।
दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त विधेयक पेस गर्ने कार्यसूचि रहेको संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिए।
यसअघि शनिबार सभामुख देवराज घिमिरे, संसद् सचिवालयका पदाधिकारी लगायतको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक र संवैधानिक परिषद्सम्बन्धी विधेयक प्रतिनिधिसभामा पेस गर्ने निर्णय गरेको थियो।
उक्त विधेयक सरकारले फागुन २५ गते संसद् सचिवालयमा दर्ता गरेको थियो। द्वन्द्वकालीन न्याय सम्बन्धमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।
२०७६ माघ १ गते खुल्लामञ्चमा आयोजित एक कार्यक्रममा दाहालले द्वन्द्व कालमा मारिएका १७ हजारमध्ये आफूले ५ हजारको मात्र जिम्मा लिने अभिव्यक्ति दिएका थिए।
प्रधानमन्त्री दाहालविरुद्ध फौजदारी अभियोगको मागसहित सर्वोच्चमा मुद्दा दर्ता भएपछि सरकारले विधेयक संसद् सचिवालयमा दर्ता गराएको थियो। १० दलीय सत्ता गठबन्धनको बैठकले एकमतका साथ विधेयकको पक्षमा उभिने निर्णय गरिसकेको छ।
फागुन २५ गते बसेको मन्त्रिपरिषद् बैठकले विधेयक संसद् सचिवालयमा पेस गर्ने निर्णय गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
