सभामुख देवराज घिमिरेले पत्रकार बिक्रीमा छन् भनेर दिएको अभिव्यक्तिमाथि संसद्मा प्रश्न उठेको छ।
काठमाडौँ- सभामुख देवराज घिमिरेले ‘पत्रकार बिक्रीमा छन्’ भनेर दिएको अभिव्यक्तिले संसद्मा प्रवेश पाएको छ।
आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले व्यवस्थापिकाको प्रमुखको अभिव्यक्तिले प्रेस स्वतन्त्रतामाथि आघात पुगेको बताए।
उनले भने, “सम्माननीय सभामुखले पत्रकार बिक्रीमा छन् भन्ने अभिव्यक्ति दिएर चर्चामा हुनुहुन्छ। व्यवस्थापिकाको प्रमुखले नै यस्तो अभिव्यक्ति दिँदा प्रेस स्वतन्त्रतामाथि परेको आघातको बारेमा सोचिएको छ कि छैन? त्यतातिर पनि ध्यान जाओस्।”
त्यसैगरी नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले बिक्री हुने पत्रकार कुन-कुन हुन् भनेर पत्ता लगाउन सभामुखले छानबिन समिति बनाउनुपर्ने माग गरे।
उनले भने, “सभामुख महोदयको अर्को एउटा आएको छ, पत्रकार बारे। अब हुन त पत्रकारबारे यहाँले अध्ययन गरेर भन्नुभएको भए छानबिन समिति नै बनाउनुपर्यो। तर सबै पत्रकार त्यस्तो नहोला। कुन–कुन हो पीत पत्रकारिता चलाउने? त्यो चाहिँ हामीलाई सभामुख महोदयबाट एउटा छानबिन समिति हुनुपर्यो।”
उनले सभामुखबाट उठेको विषय सार्वजनिक महत्त्वको विषय भएको उल्लेख गर्दै बिक्री हुने पत्रकारहरूका बारेमा छानबिन हुनैपर्ने बताए।
गत शुक्रबार सभामुख घिमिरेलाई भेट्न पुगेका नेपाल पत्रकार महासंघका प्रतिनिधि मण्डलसँग कुराकानी गर्दै उनले पत्रकार बिक्रीमा रहेका अभिव्यक्ति दिएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
