प्रधानमन्त्री पुष्पकमल दाहालले बैंक, लघुवित्त र सहकारी संस्थाहरूमा देखिएका समस्याहरू 'प्याकेज'मा सम्बोधन गर्न बृहत् समीक्षा बैठक बोलाउने बताएका छन्।
काठमाडौँ– सरकारले बैंक तथा वित्तीय संस्थाहरूमा देखिएका समस्याको सम्बोधनका लागि बृहत् समीक्षा गर्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले बैंक, लघुवित्त र सहकारी संस्थाहरूमा देखिएका समस्याहरू प्याकेजमा सम्बोधन गर्न बृहत् समीक्षा बैठक बोलाउने बताएका हुन्।
आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालय सिंहदरबारमा आयोजित राष्ट्रिय सहकारी विकास बोर्डको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले वित्तीय संस्थाहरूको अनुगमन र नियमन आवश्यक रहेको बताए।
उनले केही लघुवित्तहरूले राम्रो काम गरेको, ग्रामीण बस्तीमा सहज र सरल कर्जा प्रवाह गरेको स्मरण गर्दै भने, "तर अहिले जनताले लघुवित्तप्रति कैयौँ प्रश्नहरू उठाएका छन्। सहकारीहरूमा पनि समस्या देखिएका छन्। यिनीहरूको बृहत् समीक्षा गरी आगामी नीति तर्जुमा गर्न जरुरी छ," उनले भने।
उनले बैंक तथा वित्तीय संस्थाहरूको समीक्षा गरे व्यवस्थित र वैज्ञानिक नीति तय गर्नुपर्ने आवश्यकता औँल्याए। प्रधानमन्त्री दाहालले भने, "केही दिनमा नै बैंक, वित्तीय संस्था र सहकारीहरूको बृहत् समीक्षा बैठक बोलाउने सोच्दै छु। बृहत् समीक्षा गरेर यस क्षेत्रका समस्या पहिचान र समाधान गर्छौं।"
बैठकमा प्रधानमन्त्री दाहालले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सहकारी बोर्डले नियमित अनुगमन र सहजीकरण गर्नुपर्नेमा जोड दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
