सञ्जय राईले १८औँ विश्व मुवाँथाइ च्याम्पियनसिपमा पुरुषतर्फ ५४ केजीमा रजत जितेका छन्।
काठमाडौँ– नेपालका सञ्जय राईले १८औँ विश्व मुवाँथाइ च्याम्पियनसिपमा रजत पदक जितेका छन्। सञ्जयले पुरुष ५४ केजीमा रजत जितेको नेपाल राष्ट्रिय मुवाँथाइ संघका अध्यक्ष गणेशलाल कक्षपतिले जानकारी दिए।
थाइल्यान्डको बैंककमा भएको प्रतियोगिताको फाइनलमा सञ्जय ब्राजिलका खेलाडीसँग पराजित भएपछि रजमा सीमित भएका हुन्। त्यसअघि नेपालले ३ कास्य पदक सुरक्षित गरिसकेको थियो।
पुरुष ५७ केजीमा गुणराज रूचाल तथा ७१ केजीमा नवराज पराजुलीले कास्य जितेका थिए। महिला ४८ केजीमा डेनिका राईले नेपाललाई कास्य दिलाएकी थिइन्।
नेपाली टोली सोमबार स्वदेश फर्किँदै छ। यसअघि विश्व च्याम्पियनसिपको फरक संस्करणमा नेपालले हालसम्म १ स्वर्ण, १ रजत र ७ कास्य पदक जितेको नेपाल राष्ट्रिय मुवाँथाइ संघले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
