घोषणापत्र सार्वजनिक गर्दै कांग्रेस

सत्तारूढ दल नेपाली कांग्रेस शनिबार निर्वाचन घोषणापत्र सार्वजनिक गर्दैछ। अहिले बिहान १० बजे पार्टी कार्यालयमा कांग्रेसले घोषणापत्र सार्वजनिक गर्न लागेको हो।

काठमाडौँ- आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि नेपाली कांग्रेसले आज (शनिबार) घोषणा पात्र सार्वजनिक गर्दैछ।

महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा गठित समितिले तयार पारेको घोषणापत्र तिहारअघि नै सार्वजनिक गर्ने भनिए पनि चाडपर्वलाई मध्यनजर गर्दै पछाडि धकेलिएको कांग्रेसले बताएको थियो। 

घोषणापत्र प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले बिहान १० बजे पार्टी मुख्यालय बीपीनगर सानेपामा सार्वजनिक गर्ने कार्यक्रम रहेको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाए । 

घोषणापत्र सार्वजनिक कार्यक्रममा पदाधिकारीहरू, केन्द्रीय सदस्यहरू लगायत काठमाडौँ उपत्यकामा उपलब्ध नेताहरूको उपस्थिति रहने पौडेलले बताए।  

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने कांग्रेसले सार्वजनिक गरेपछि मात्रै घोषणापत्र सार्वजनिक गर्ने भएको छ।