नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभामा कुनै एक दलको बहुमत नभएकाले गठबन्धनको संस्कार आत्मसात् गर्दै अघि बढ्नुको विकल्प नहरेको बताएका छन्।
काठमाडौँ– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा गठबन्धनको संस्कारलाई आत्मसात् गरेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले पेस गरेको विश्वासको मत दिने प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले प्रतिनिधिसभामा कुनै एक दलको बहुमत नभएकाले गठबन्धनको संस्कार आत्मसात् गर्दै अघि बढ्नु परेको बताएका हुन्।
"यो प्रणालीमा कुनै एक दलको मात्र प्रतिनिधिसभामा बहुमत ल्याउन सक्ने अवस्था प्रायः नहुने भएकाले गठबन्धनको संस्कृतिलाई आत्मसात् गर्नु परेको छ। त्यसैले हामीले उठाएको गठबन्धनको संस्कारलाई अघि बढाउनु परेको हो," उनले भने।
उनले राजनीतिक गठबन्धन आत्मकेन्द्रित, स्वार्थप्रेरित र क्षणिक लाभका लागि नभई देश, जनता पक्षमा र संविधानको रक्षा गर्दै मुलुकको स्थिरता, विकास र शान्तिका लागि केन्द्रित हुनुपर्ने स्पष्ट पारे।
सभापति देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्दै मुलुकमा विकास र समृद्धिको कामलाई अघि बढाउन लागि आफ्नो पार्टीले यसअघि पनि प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको बताए।
"संसद् अनिश्चित र देश अन्यौलतामा जाने सम्भावना बढेको छ । तसर्थ हामीले प्रतिनिधिसभाको पूर्ण कार्यकालको सुनिश्चितता र समग्रमा राजनीतिक स्थिरताका लागि प्रस्तावको पक्षमा मतदान गरेका थियौँ। हामी संविधान प्रदत्त राजनीतिक अवस्था, राजनीतिक स्थिरता र देशको समृद्धिको पक्षमा हमेसा उभिएका हौँ। र, उभिइरहने बाचा गर्दछौँ," उनले भने।
सभापति देउवाले २१ महिनाअघि आफूले संविधानको रक्षा गर्दै त्यसको सफल कार्यान्वयनका लागि सरकारको नेतृत्व लिनुपरेको र सो कार्य सफलतापूर्वक सम्पन्न गरेको दाबी गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
