माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले नेकपा एमाले राष्ट्रिय सहमतिबाट भागेको आरोप लगाएका छन्।
काठमाडौँ– सत्तारूढ दल नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले नेकपा एमाले राष्ट्रिय सहमतिबाट भागेको आरोप लगाएका छन्। जनमत सबै दललाई मिलेर जाने भए पनि एमाले सो सहमतिविपरीत अघि बढिरहेको उनको भनाइ थियो।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहालले जनमतअनुसार राष्ट्रिय सहमतिको कुरा गर्दा एमाले किन भागेको भनि प्रश्नसमेत गरे।
“सबै राजनीतिक दललाई एकताबद्ध बनाएर लैजानुपर्ने अहिलेको जनमत छ, मिलेर जाने भन्ने अहिलेको जनमत हो, राष्ट्रपति जस्ता देशको प्रमुख पद सहमतिमा गरौँ भन्दा एमालेका नेताहरू किन भाग्नुभयो? सहमतिमै राष्ट्रपति, उपराष्ट्रपति चयनमा मिलेर जान सकिँदैन थियो?”, उनले प्रश्न गरे।
उनले राष्ट्रपति, उपराष्ट्रपतिजस्तो पदलाई दलीयकरण गरेर एमालेले मुलुकलाई सहमतिमै अघि बढाउने बाटो रोक्न खोजेको आरोप लगाए। त्यस अवसरमा उनले संसद् विघटन गर्न नहुने सर्वोच्च अदालतको फैसलालाई नमान्ने काम एमालेबाट फेरि आएपछि आफूहरूले सो पार्टीसँगको गठबन्धन छोड्ने अवस्था आएको पनि दोहोर्याए।
सांसद पौडेलले सहमतिको आधारमा मुलुकलाई अघि बढाउन संसद्मा सबैभन्दा ठूलो पार्टी कांग्रेसलाई सँगै लिएर जाने प्रधानमन्त्री दाहालको प्रस्ताव स्वभाविक भए पनि एमालेले त्यसलाई लत्याएको बताए।
सांसद पौडेलले मुलुकलाई अघि बढाउन, आर्थिक संकटबाट जोगाउन पनि दलहरूबीच मिलेर अघि बढनुको विकल्प नरहेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
