महान्यायाधिवक्ताको कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोग कसुरमा मुद्दा नचलाउने निर्णय गरेको छ।
काठमाडौँ– महान्यायाधिवक्ताको कार्यालयले राहदानी दुरुपयोग कसुरमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको छ। प्राप्त प्रमाण नपुग्ने देखिएको भन्दै महान्यायाधिवक्ता दिनमणि पोखरेलले मुद्दा नचलाउने निर्णय गरेका हुन्।
जिल्ला सरकारी वकिल कार्यालय र उच्च सरकारी वकिल कार्यालय पाटनको लामिछानेविरुद्ध मुद्दा नचलाउने राय महान्यायाधिवक्ताको कार्यालयमा पुगेको थियो। अध्ययनपश्चात् सोमबार लामिछानेविरुद्ध मुद्दा अघि नबढाउने निर्णय भएको सहन्यायाधिवक्ता एवं प्रवक्ता सञ्जीव रेग्मीले जानकारी दिए।
युवराज पौडेलले लामिछानेविरुद्ध राहदानीसम्बन्धी कसुरमा छानबिन गरी मुद्दा चलाउन माग गर्दै उजुरी दिएका थिए। त्यसपछि लामिछानेविरुद्धको राहदानी कसुरमा अनुसन्धान गरेर जिल्ला वकिलको कार्यालयले रायसहित माथिल्लो निकायमा पेस गरेको थियो।
अधिवक्ता रविराज बसौला र अधिवक्ता नानीबाबु खत्रीले दायर गरेका रिट निवेदनमा माघ १३ गते सर्वोच्च अदालतले नागरिकताको वैधता नरहेको ठहर गरेपछि लामिछानेले मन्त्री र सांसद पद गुमाएका थिए।
लामिछानेले सन् २०१८ अमेरिकाको नागरिकता त्यागेपछि नेपाल नागरिकता ऐन, २०६३ को दफा ११ तथा नेपाल नागरिकता नियमावली, २०६३ को नियम ११ बमोजिमको प्रक्रिया पूरा नगरेको सर्वोच्चको ठहर थियो।
त्यस्तै, नागरिकतासम्बन्धी फैसलाको पूर्णपाठमा सर्वोच्चले लामिछानेको राहदानी विवाद ‘प्रचलित कानूनबमोजिम निरूपण गरिनुपर्ने’ उल्लेख गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
