प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्लाई पूर्णता दिन सरकारलाई समर्थन दिएका सबै दलहरूसँग मंगलबार बिहानबाटै छलफल गर्ने बताएका छन्।
काठमाडौँ– प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चार दिनभित्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने बताएका छन्।
सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिए लगत्तै उनले सञ्चारकर्मीमाझ २/४ दिनभित्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने बताएका हुन्।
प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्लाई पूर्णता दिनका लागि सरकारलाई समर्थन दिएका सबै दलहरूसँग मंगलबार बिहानबाटै छलफल शुरू गर्ने बताए।
"अब आज विश्वासको मत प्राप्त भइसकेपछि भोलि बिहानबाट सरकारलाई पूर्णता दिने प्रक्रिया शुरू हुन्छ। जो–जो दलहरूसँग हाम्रो गठबन्धन भएको छ, सहमति भएको छ, सबैसँग बसेर २/४ दिन भित्रमै सबै टुंग्याउने र अनि काम गर्ने विचार छ," उनले भने।
उनले आफूले पाएको विश्वासको मत पर्याप्त रहेको र अब आरामले सरकारले काम गर्ने दाबीसमेत गरे। "अब आरामसँग सरकार चल्छ। विकास, निर्माणको कामले गति लिन्छ," उनले भने।
प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमण चैत्रको अन्तिम हप्ता वा वैशाख पहिलो हप्ताभित्र हुन सक्ने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
