अमेरिकामा तीन वटा बैंक धराशायी भएको खबरले विश्वको बैंकिङ प्रणालीमा पर्न सक्ने जोखिमको त्रासका बीच क्रेडिट स्विसलाई यूबीएसले प्राप्ति गरेको छ।
आर्थिक संकटबाट गुज्रिएको स्विट्जरल्यान्डको बैंक क्रेडिट स्विसलाई त्यहाँको अर्को बैंक यूबीएसले आकस्मिक उद्धार गरेको छ। स्विट्जरल्यान्डको नियामक निकायले बैंकहरूका अधिकारीहरूसँग गरेको एक साता लामो छलफलपछि बहुराष्ट्रिय लगानी बैंक तथा वित्तीय सेवा कम्पनी यूबीएस, क्रेडिट स्विसलाई प्राप्ति गर्न सहमत भएको हो। यी दुई प्रतिस्पर्धी बैंक थिए।
अर्थतन्त्रमा जोखिम व्यवस्थापन र वित्तीय बजारको आत्मविश्वास कायम गर्न दुई बैंकबीचको सम्झौता निकै प्रभावकारी हुने स्विस नेसनल बैंकले जनाएको छ। सहमतिले सेवाग्राही कुनै प्रकारको प्रभाव क्रेडिट स्विस बैंकको भनाइ छ। क्रेडिट स्विस बैंकका प्रवक्ता भन्छन्, “संक्रमणकाललाई सहज बनाउन र सेवाग्राही तथा ग्राहकको सहजताका लागि हामीले पूर्ण रूपमा ध्यान केन्द्रित गरेका छौँ।”
सरकारको नेतृत्वमा भएको सम्झौतामा क्रेडिट स्विसका लगानीकर्तालाई भने मतदानबाट वञ्चित गरिएको छ। तर, उनीहरूले आफ्नो हिस्साबापत क्रेडिट स्विसमा रहेका प्रत्येक २२.४८ सेयरबापत यूबीएसको एक सेयर प्राप्त गर्ने छन्। जसअनुसार क्रेडिट स्विसको कूल सम्पत्ति ३.१५ बिलियन हुन्छ।
यसअघि शुक्रबार सेयर कारोबार बन्दासम्म क्रेडिट स्विसको पुँजी मूल्य ८ बिलियन डलर कायम भएको थियो। त्यसपछि सोमबारको वित्तीय बजार खुला हुनुअघि आइतबार नै सम्झौतामा सहमति जुटेको हो।
अमेरिकामा तीन वटा बैंक धराशायी भएको खबरले विश्वको बैंकिङ प्रणालीमा पर्न सक्ने जोखिमको त्रासका बीच क्रेडिट स्विसलाई यूबीएसले प्राप्ति गरेको हो। यी दुई बैंकको सम्झौतापछि स्विट्जरल्यान्डको केन्द्रीय बैंकले विज्ञप्ति जारी गर्दै वित्तीय स्थायित्व कायम गर्न र असाधारण स्थितिबाट स्विट्जरल्यान्डको अर्थतन्त्रलाई सुरक्षित गर्ने समाधानको बाटो पत्ता लगाएको बताएको छ।
यस्तै, यूबीएसलाई जोखिम कम गर्न नौ बिलियन अमेरिकी डलरको सम्भावित नोक्सानीको ग्यारेन्टी दिने संघीय सरकारको भनाइ छ। साथै, स्विस केन्द्रीय बैंकले तरलतामा सहयोगका लागि ११० बिलियन डलरसम्मको प्रस्ताव गरेको बीबीसीले उल्लेख गरेको छ।
क्रेडिट स्विस र यूएबीएसबीचको सम्झौतालाई धेरैले प्रशंसा गरेका छन्। बेलायतको बैंक अफ इंग्ल्यान्डले स्विस अधिकारीले स्वागतयोग्य काम गरेको भन्दै प्रशंसा गरेको बीबीसीले जनाएको छ। यस्तै, युरोपेली केन्द्रीय बैंककी अध्यक्ष क्रिस्टिन लगार्डेले पनि स्विट्जरल्यान्डको कदमलाई स्वागत गरेकी छिन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
