निर्वाचन आयोगले तनहुँ–१ र बारा–२ को उपनिर्वाचनमा भाग लिन दल दर्ताका लागि मंगलबारदेखि चैत १२ गतेसम्मको समय दिएको छ।
काठमाडौँ– निर्वाचन आयोगले वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ।
आयोगले तनहुँ–१ र बारा–२ को उपनिर्वाचनमा भाग लिन दल दर्ताका लागि मंगलबारदेखि चैत १२ गतेसम्मको समय दिएको हो।
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम २०७९ चैत ५ गतेसम्म दर्ता कायम रहेका राजनीतिक दलले नेपालको संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दर्ताका लागि निवेदन दिन आयोगले आग्रह गरेको छ।
तनहुँ–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपति र बारा–२ का रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि खाली रहेका उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।
यस्तै वैसाख १० मा चितवन–२ मा पनि उपनिर्वाचन हुँदैछ। त्यहाँबाट निर्वाचित रवि लामिछाने नागरिकता मुद्दामा पदमुक्त भएपछि उक्त क्षेत्र पनि खाली छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
