कैलालीमा ट्याक्टर दुर्घटना : २ जनाको मृत्यु, २८ घाइते

दुर्घटनामा भजनी नगरपालिका–९ की ४६ वर्षीया दिलरानी चौधरी र १४ वर्षीया चाहना चौधरीको घटनास्ठलमा नै मृत्यु भएको छ। 

काठमाडौँ– कैलालीको भजनी नगरपालिका–२ मा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। २८ जना घाइते भएका छन्।

दुर्घटनामा भजनी–९ की ४६ वर्षीया दिलरानी चौधरी र १४ वर्षीया चाहना चौधरीको घटनास्ठलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी कूलदीप चन्दले जानकारी दिए।

उनका अनुसार गाउँमा आयोजित पास्नीभोजमा गएका स्थानीय चढेको ट्याक्टर गएराति अनियन्त्रित भई दुर्घटनामा परेको हो।

दुर्घटनामा २८ जना घाइते भएको डीएसपी चन्दले बताए। उनीहरूको घोडाघोडी र बर्दगोरिया अस्पतालमा उपचार भइरहेको छ।

कैलालीका ग्रामीण भेगमा ट्याक्टरमा जोखिमपूर्ण यात्रा गर्ने क्रम अझै पनि रहेको उनको भनाइ छ।