तीन दिने रुस भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङले रुससँगको सम्बन्ध एकीकृत र विकसित गर्नु चीनको रणनीतिक छनोट भएको बताएका छन्।
रुसको तीन दिने भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङले मस्कोसँगको द्विपक्षीय सम्बन्ध बेइजिङको रणनीतिक छनोट भएको बताएका छन्।
“मुलुकको आधारभूत हित र विश्वको प्रचलित रुझानको आधारमा नै चीन–रुसबीचको सम्बन्ध एकीकृत र विकसित गर्नु चीनको रणनीतिक छनोट हो”, रुस भ्रमणका क्रममा सीको भनाइ उद्धृत गर्दै मंगलबार चिनियाँ विदेश मन्त्रालयको वेबसाइटमा लेखिएको छ। साथै, रुससँगको रणनीतिक सहकार्य थप बलियो बनाउनेमा चीन अडिग रहेको पनि राष्ट्रपति सीको भनाइ थियो।
यस्तै, युक्रेनका सम्बन्धमा दुई समकक्षीबीच गहन रुपमा धारणा आदानप्रदान भएको विदेशमन्त्रालयले जनाएको छ। “अधिकांश मुलुकले शान्ति वार्तामार्फत युक्रेनको तनाव घटाउने विषयलाई समर्थन गर्छन् तर विरोधीहरुले आगोमा घ्यू थप्ने काम गरिरहन्छन्”, सीको भनाइ थियो।
समकक्षी पुटिनसँगको भेटवार्ताका क्रममा सीले युक्रेनको विषय र राजनीतिक सम्झौताका लागि चीनले रचनात्मक भूमिका खेल्ने कुृरालाई समेत जोड दिएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ।
यसैबीच, युक्रेनमा रुसले गरेको युद्ध अपराध तत्काल बन्द गर्न रुसी राष्ट्रपति पुटिनलाई दबाव दिन चिनियाँ राष्ट्रपति सीलाई अमेरिकाले आग्रह गरेको छ।
ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा आयोगका प्रवक्ता जोन कर्बीले चिनियाँ राष्ट्रपति सीले रुसलाई युक्रेनबाट सेना फिर्ता गर्न आग्रह गर्नुपर्ने बताएको बीबीसीले लेखेको छ। साथै, युद्धविराम मात्रै पर्याप्त नहुने उनको भनाइ छ।
“राष्ट्रपति सीले राष्ट्रपति पुटिनलाई युक्रेनी शहरहरु, अस्पताल र विद्यालयहरुमा बम नखसाल्न, युद्ध अपराध र अत्याचार रोक्न र सेना फिर्ता लैजान आग्रह गर्नेछन् भन्ने हामीलाई विश्वास छ”, उनी थप्छन्, “तर, यसको सट्टा चीनले रुसी सैन्य बल युक्रेनी सार्वभौम भूमिमै रहने खालको कुनै पनि युद्ध विरामका लागि समर्थन गर्नसक्नेतर्फ पनि हामी सचेत छौँ। यसप्रकारको युद्धविराम भए युक्रेनमा रुसी अवैध गतिविधिलाई थप बढावा मिल्नेछ।”
सोमबार रुस भ्रमणमा निस्किएका मंगलबार पनि पुटिनसँग औपचारिक भेटवार्ताका गर्दैछन्।
यस्तै, रुसी राष्ट्रपति पुटिनले युक्रेनको चरम संकट समाधानका लागि समकक्षी सीले प्रस्ताव गरेको १२ बुँदे प्रस्तावबारे छलफल गर्ने बताएको बीबीसीले लेखेको छ। पुटिनले भने, “हामी सधैँ नै सम्झौता प्रक्रियाका लागि तयार छौैँ।”
चीनले युक्रेन युद्ध अन्त्य र शान्ति वार्ता शुरू गर्न भन्दै गतमहिना एक योजना सार्वजनिक गरेको थियो। तर, त्यस योजनामा चीनले रुस युक्रेनबाट फिर्ता हुने विषयलाई जोड दिएको र त्यसलाई पश्चिमा मुलुकहरूले नरुचाएको बीबीसीले लेखेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
