प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'विरुद्ध बानेश्वरमा नाराबाजी गर्ने युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'विरुद्ध काठमाडौँको बानेश्वरमा नाराबाजी भएको छ। मंगलबार प्रधानमन्त्री दाहाल ५८औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन सार्वजनिक समारोहमा जाँदै गर्दा तीन जना युवाले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका हुन्।
कार्यक्रममा एक युवाले प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै प्रहरीसँग आग्रह गरेका थिए। तर, प्रहरीले ती युवालाई समाउन खोज्दा उनले 'आतंककारी प्रचण्ड मुर्दावाद' भन्दै नाराबाजी गरेका थिए। त्यसबीचमा अर्को एक जना युवाले प्रहरीले 'मुख बन्द गर्न पाइँदैन' भन्दै नारा लगाए।
दुवै युवालाई प्रहरीले गाडीमा राख्दै गर्दा उनीहरूले 'गरिब मारा प्रचण्ड मुर्दावाद', 'मूल्यवृद्धि खारेज गर', 'नालायक सरकार होसियार', 'युवालाई मार्न पाइँदैन यस्तो सरकार चाहिँदैन', '७७ जिल्लाका युवा एक हौँ' भन्दै नाराबाजी गरेका थिए। उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएसँगै कार्यक्रमस्थलमा प्रधानमन्त्री दाहाल पुगेका थिए।
प्रधानमन्त्री दाहाल कार्यक्रमस्थलमा जाँदै गर्दा उनकै अगाडि एक युवाले 'बैंकको मिटर ब्याज मिनाहा गर' भन्दै नारा लगाएका थिए। ती युवालाई पनि प्रहरीले तत्काल नियन्त्रणमा लिएको थियो।




Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
