उत्तरगंगा जलशययुक्त जलविद्युत् आयोजनाको डीपीआर बनाउने विदेशी कम्पनीले काम नगरेपछि ठेक्का सम्झौता तोडिँदा आयोजना निर्माणमा अन्योल थपिएको छ।
गलकोट– नेपालकै सस्तो र नमुना जलविद्युत् आयोजनाका रूपमा चर्चा कमाएको उत्तरगंगा जलाशययुक्त जलविद्युत् आयोजना विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर)मै अल्झिएको छ।
उत्तरगंगा जलशययुक्त जलविद्युत् आयोजना निकै चर्चा पाएको आयोजना भए पनि अध्ययनमै सीमित भएको छ। आयोजनाको निर्माणको चर्चा विसं २०६१ देखि भए पनि बल्ल आएर डीपीआर थालिएको थियो। डीपीआर बनाउने विदेशी कम्पनीले काम नगरेपछि अहिले ठेक्का सम्झौता तोडिँदा आयोजना निर्माणमा थप अन्योल भएको हो।
सम्भाव्यता अध्ययन सम्पन्नपश्चात् डीपीआरको काममा उत्तरगंगा पावर कम्पनीले इरानी कन्सल्टेन्सी शहीद, बहीद डास्ग्रेडी तेहरानलाई सम्झौता गरेर पनि उक्त कम्पनी फिल्ड नआएका कारण ठेक्का सम्झौता तोडिएको उत्तरगंगा जलविद्युत् आयोजनाका प्रमुख अम्बिकेश झाले जानकारी दिए।
“गत असोजदेखि डीपीआरको काम थालेको कन्सल्टेन्सीले स्थलगत रूपमा काम खटिन रुस र युक्रेन युद्धका कारण असमर्थ जनाएकाले ठेक्का सम्झौता तोडिएको हो, अब नयाँ ठेक्का लगाउने विषयमा ऊर्जा मन्त्रालयसँग छलफल भइरहेको छ”, झाले भने, “आयोजना निकै ठूलो र नमुना भएका कारण निर्माणमा ढिलाइ भए पनि उत्तरगंगाजस्तो आयोजना निर्माण नगरेर सरकारलाई सुखै छैन, हाम्रोजस्तो देशमा यस्ता बहुआयामिक आयोजना कम मात्रै छन्, ढिलो होला तर आवश्यक आयोजना बन्नेछ।”
आयोजनाको वातावराणीय प्रभाव मूल्यांकनसमेत एक वर्षदेखि वन मन्त्रालयमा थन्किएको छ भने डीपीआरका लागि सम्झौता गरेको विदेशी कम्पनीले काम नगर्दा ठेक्का सम्झौता भंग गरिएको झाले जानकारी दिए।
“डीपीआरका लागि परामर्शदाता छनोट गरेर काममा खटाएका थियौँ, रुस र युक्रेनको युद्धका कारण विदेशी कम्पनी आएन, एक वर्षदेखि काम नभएपछि ठेक्का रद्द गरेका छौँ,” आयोजना प्रमुख झाले भने, “अब नयाँ परामर्शदाताका लागि ठेक्का खुलाउने विषयमा निर्णय हुन बाँकी छ, नेपालकै नयाँ र नमुना आयोजनामा ढिलाइ भएको स्वीकार गर्छु, राजनीतिक रूपमा यो आयोजना सफल पार्न दबाब हुनुपर्दछ।”
ढोरपाटन उपत्यकामा जम्मा गरेको पानी निसीखोलामा खसाल्ने या रूकुम पश्चिमममा खसाल्ने राजनीतिक विवादका कारण आयोजना अध्ययनमै सीमित भइरहेको छ। तर आयोजनाका प्राविधिकले निसीखोलामै पानी खसाल्दा मात्रै आयोजना सम्पन्न हुने बताउँदै आएका छन्। झाका अनुसार आयोजनाले उत्तरगंगा पावर कम्पनीमार्फत निरन्तर रूपमा आयोजनाको काम गरिरहेको र ठूलो आयोजना भएकाले समय बढी खर्च भइरहेको बताए। उनले बाहिर आयोजना निर्माणमा भएको ढिलाइ नभएर निरन्तर रूपमा आयोजनाको प्रक्रियागत काम भने भइरहेको छ।
बागलुङको ढोरपाटनबाट बग्ने उत्तरगंगा नदी उपत्यकामा बाँध बानेर हिउँद बर्खामा समान विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको छ। हिउँद र बर्खामासमेत आठ सय २८ मेगावाट क्षमताको विद्युत् उत्पादन हुने प्रारम्भिक सर्वेक्षण रिपोर्टले बताएको छ। बागलुङमा बगिरहेको उत्तरगंगा नदी रूकुमको सानीभेरीमा मिसिँदै आएको छ। तर विद्युत् उत्पादन गर्न उक्त नदीको पानीलाई निसीखोलामा झार्ने आयोजनाको लक्ष्य रहेको छ।
आयोजनाको पानी रुकुम र बागलुङको निसीखोला कता खसाल्ने भन्नेमा नेताको द्विविधाका कारण आयोजनाले गति नलिएको स्थानीय रामबहादुर घर्तीमगरको भनाइ छ। नेपालकै महत्त्वपूर्ण आयोजनाका रूपमा सरकारले लिँदै आएको उत्तरगंगाप्रति जनताको धारणा दुईथरी रहेको छ। बाँध बन्दा ढोरपाटन उपत्यका पुरिने भन्दै आयोजना बनाउन समस्या हुने केही स्थानीयको भनाइ छ भने केहीले व्यवस्थापन भएमा आयोजनाले यहाँको आर्थिक विकासमा सहयोग पुर्याउने भन्दै सकारात्मक धारणा राख्दै आएको घर्तीमगरले बताए।
विसं २०६१ देखि आयोजनाको प्रारम्भिक सर्वेक्षण शुरू गरे पनि वातावरणीय प्रभाव मूल्यांकनको काम भने तिर्न वर्षअघि मात्रै सम्पन्न भएको थियो। ढोरपाटनको उत्तरगंगा नदीमा दुई सय मिटर अग्लो बाँध बाँधेर जम्मा गरेको पानीलाई ढोरपाटनको नवीदेखि सुरुङ माग हुँदै एक हजार ६३४ मिटर तल खसालेर निसीखोलामा झार्ने सम्भाव्यता अध्ययनमा उल्लेख गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
