कांग्रेस महामन्त्री गगन थापाले शान्ति प्रक्रियाका बाँकी काम 'यो या त्यो' बहानामा लम्ब्याउँदा भविष्यमा जटिल बन्दै जाने बताएका छन्।
काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शान्ति प्रक्रियाका बाँकी कामलाई छिटोभन्दा छिटो नटुंग्याए जटिलता निम्तिने बताएका छन्। महामन्त्री थापाले मंगलबार काठमाडौँमा आयोजित ‘नागरिक स्वतन्त्रताका लागि गिरिजाप्रसाद कोइरालाको योगदान’ विषयक विचार गोष्ठीमा बोल्दै उनले भविष्यमा थप जटिलता थपिन नदिन तत्काल शान्ति प्रक्रियाको बाँकी टुंग्याउनुपर्ने बताएका हुन्।
"हामीसँग अब समयको सुविधा छैन। हामीले शान्ति प्रक्रियाका बाँकी कामलाई यो या त्यो बहानामा लम्ब्यायौँ भने अझ यो जटिल बन्दै जान्छ। र, अझै हाम्रा निम्ति भविष्यमा अप्ठ्यारो पनि सिर्जना हुन्छ," उनले भने। उनले शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगोमा पुर्याउन ढिलासुस्ती गरे वा पीडितको भावनामाथि चोट पुर्याउने कार्य गरे मान्य नहुने चेतावनी दिए।
महामन्त्री थापाले तत्कालको नाफा घाटाभन्दा बाहिर निस्केर शान्ति प्रक्रियाको बाँकी कामलाई टुंगोमा पुर्याउन सबै राजनीतिक दललाई आग्रह गरे। “शान्ति प्रक्रियामा सहभागी भएको नेपालको अन्य राजनीतिक दलहरू, चाहे हिजो हामीसँगै रहेको नेकपा एमाले दल वा अर्को पक्ष भएको माओवादी हामी सबैको सामूहिक जिम्मेवारी हो,” उनले भने। शान्ति प्रक्रियालाई पूर्णता दिँदा पीडितको भावनामाथि चोट पुर्याउने र अन्तर्राष्ट्रिय मूल्य, मान्यता विपरीत जान नहुने उनको भनाइ छ।
गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा शुरू भएको शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने कामको नेतृत्व नेपाली कांग्रेसले नै लिनुपर्ने उनको जिकिर थियो। “संक्रमणकालीन न्यायको विषय टुंग्याउँदै गर्दा खेरी मात्रै हामीले गिरिजाप्रसाद कोइरालालाई सम्मान गरेको हुन्छौँ,” उनले भने।
त्यस्तै, महामन्त्री थापाले तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्व सरकारले लिएको आर्थिक नीतिकै कारण मुलुक अहिलेसम्म टिकेको दाबी गरे। उनले नागरिकलाई आशावादी बनाउने गरी काम गर्न सरकारलाई पनि सचेत गराए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
