रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनको शान्ति योजना युक्रेन–रुस युद्ध अन्त्य गर्ने आधारका रूपमा प्रयोग हुनसक्ने बताएका छन्। तर, यसका लागि युक्रेन र पश्चिमाहरू तयार नरहेको उनको भनाइ छ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनको शान्ति योजना युक्रेन–रुस युद्ध अन्त्य गर्ने आधारका रूपमा प्रयोग हुनसक्ने बताएका छन्।
पुटिनले युक्रेन सम्बन्धमा चीनले गत महिना अघि सारेको १२ बुँदे शान्ति योजनाको प्रशंसा गरेका हुन्। तर, शान्तिका लागि पश्चिमा र युक्रेन तयार नरहेको पुटिनको आरोप छ। यता समाचार संस्था रोयटर्सले भने चीनको योजनामा युक्रेनमा जारी हिंसा रोक्न विशेष विवरण उल्लेख नभएको जनाएको छ।
रुसको तीन दिने भ्रमणका लागि मस्को पुगेका चिनियाँ राष्ट्रपति सी चिनफिङ र समकक्षी पुटिनले मंगलबार विवाद र आपसी सम्बन्धबारे छलफल गरेका थिए। सीले युक्रेनको विवादसम्बन्धमा पुनः तटस्थ भूमिकामा बस्ने बताएका थिए। तर, अमेरिकासहित पश्चिमा मुलुकले चीन तटस्थ भूमिकामा नरहेको प्रतिक्रिया दिएका छन्।
मंगलबार ह्वाइट हाउसले दोस्रो युद्धपछिकै ठूलो तनाव अन्त्यका लागि रुसमाथि दबाब बढाउन बेइजिङलाई आग्रह गरेको थियो। दुई समकक्षीले एक अर्कालाई परम मित्रका रूपमा वर्णन गर्दै आर्थिक साझेदारी बढाउने प्रतिबद्धता गरेका थिए।
भेटवार्तापछि संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले ‘वासिंटनले विश्वव्यापी स्थायित्वलाई कमजोर बनाएको र उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)ले एसिया प्यासिफिक क्षेत्रमा तनाव सृजना गरेको’ बताएका छन्। चीन र रुसबीचको अटुट साझेदारी सैन्य र राजनीतिक गुटबन्दीको हिस्सा नभएकोमा दुवैको जोड छ।
मस्को र बेइजिङले भविष्यका लागि प्रभावकारी र महत्त्वाकांक्षी लक्ष्य तय गरेको रुसी सरकारी मिडिया तासले जनाएको छ। “नयाँ युगमा प्रवेश गरेको द्विपक्षीय सम्बन्ध थप विस्तारका लागि सन् २०३० सम्ममा आर्थिक साझेदारी विकसित गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छौँ। साझेदारीको क्षितिजको रूपरेखा तय गर्नुका साथै भविष्यको लक्ष्य निर्धारणका लागि खाका समेत कोरेका छौँ,” पुटिनको भनाइ उद्धृत गर्दै तासले उल्लेख गरेको छ।
साथै, पुटिनले रुस र चीनबीच बलियो छिमेकीको सम्बन्ध, साझेदारी र मित्रता रहेकोमा जोड दिँदै दुईपक्षीय सम्बन्ध हालसम्मकै उच्च बिन्दुमा रहेको बताएका छन्। मस्को भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सीले युक्रेन युद्धमा प्रत्यक्ष आर्थिक सहायताको प्रतिबद्धता नजनाए पनि पुटिनको पश्चिमाविरोधी धारणामा बलियो ऐक्यबद्धता जनाएका छन्।
सी रुस भ्रमण सकेर स्वदेश फर्कँदै गर्दा युक्रेनी राजधानी किभ, उत्तर र पूर्वी क्षेत्रमा ड्रोन आक्रमण भए पनि ठूलो क्षति नभएको रोयटर्सले जनाएको छ। यसैबीच, रुसले चीनसँगको सम्बन्ध थप बलियो पारेलगत्तै पश्चिमाहरूले किभलाई १६ अर्ब बराबर सहयोगको प्रतिबद्धता जनाएका छन्।
अन्तर्राष्ट्रिय मुद्रा कोषले चार वर्षको ऋण प्याकेज अन्तर्गत १५.६ अर्ब डलर आर्थिक सहयोगको प्रतिबद्धता जनाएको छ। यो रकम युक्रेनमा युद्धका क्रममा ध्वस्त भएका संरचना पुनर्निर्माण र अर्थतन्त्रको क्षति भरणका लागि प्रयोग हुने बताइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
