श्रम स्वीकृति लिने, नवीकरण गर्ने बेला र नवीकरण गर्ने बेला नभएकाहरू पनि वैदेशिक रोजगार विभाग र सामाजिक सुरक्षा कोषको वेबसाइटमार्फत योजनामा सहभागी हुन सक्छन्।
काठमाडौँ– वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई लक्षित गरी सामाजिक सुरक्षा योजनाको शुभारम्भ भएको छ।
बुधबार एक कार्यक्रमबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योजनाको शुभारम्भ गरे। यससँगै वैदेशिक रोजगारीमा रहेका श्रमिकसमेत योगदानमा आधारित सामाजिक सुरक्षाको दायराम समेटिएका छन्।
कार्यक्रममा प्रधानमन्त्री दाहालले रोजगारीका क्रममा इजरायलमा रहेकी मन्जु थपलियाका श्रीमान् गोपाल संग्रौलालाई सामाजिक सुरक्षाको परिचयपत्र दिएर शुभारम्भ गरेका हुन्।
श्रम स्वीकृति लिने, नवीकरण गर्ने बेला र नवीकरण गर्ने बेला नभएकाहरू पनि वैदेशिक रोजगार विभाग र सामाजिक सुरक्षा कोषको वेबसाइटमार्फत योजनामा सहभागी हुन सक्नेछन्।
कोषका अनुसार त्यसका लागि हरेक महिना दुई हजार दुई रुपैयाँ बुझाउनुपर्छ। यो रकम एकमुष्ट पनि बुझाउन सकिन्छ। सात महिनाभन्दा बढीको रकम जम्मा गरेमा १० प्रतिशत छुट पाइने छ।
खल्ती, ई–सेवा र कनेक्ट आईपीएसमार्फत नै रकम जम्मा गर्ने व्यवस्था मिलाइएको कोषले बताएको छ। कोषमा हालसम्म औपचारिक क्षेत्रका तीन लाख ९९ हजार ५६६ श्रमिक आबद्ध भइसकेका छन्।
कोषमा ३० अर्ब ८७ करोड योगदान रकम संकलन भएको छ। कोषले योगदानकर्तालाई तीन अर्ब ८१ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ। २०७५ मंसिर ११ देखि योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको थियो।
यो योजना शुरू भएसँगै वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपाली श्रमिक लाभान्वित हुने विश्वास छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
