राष्ट्रियसभाको बैठकमा बोल्दै सांसद खिमलाल देवकोटाले विश्वविद्यालयको बेथिति सुधारको लागि सरकार गम्भीर नबनेको बताएका छन्।
काठमाडौँ- राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले त्रिभुवन विश्वविद्यालयको बेथिति सुधारको लागि सरकार गम्भीर नबनेको आरोप लगाएका छन्।
बुधवार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले त्रिभुवन विश्वविद्यालयको बेथिति र सुधारको लागि शुरू गरिएका प्रयासका चित्कारका समाचार, सम्पादकीय र उपकुलपतिको अन्तर्वार्ता लगायतका समाचार विवरणहरू आएपनि सरकार गम्भीर नबनेको बताएका हुन्।
उनले विद्यार्थी अध्ययनरत विद्यालयको चित्कार नसुन्नु भनेको शिक्षा प्रणालीमाथिकै अपमान भएको जिकिर गरे। त्रिभुवन विश्वविद्यालय लगायत उच्च शिक्षा सुधारको स्पष्ट कार्ययोजना ल्याउनुपर्ने माग उनको थियो।
उनले भने, “त्रिभुवन विश्वविद्यालयको बेथिति र सुधारको लागि शुरू गरिएका प्रयासका चित्कारका समाचार, सम्पादकीय र उपकुलपतिको अन्तर्वार्ता लगायतका समाचार विवरण सञ्चारमाध्यममा निरन्तर आएका छन्। तर सरकार त्रिभुवन विश्वविद्यालय सुधारमा गम्भीर छैन।”
सांसद देवकोटाले पोखराको फेवाताल माथिको अतिक्रमणबारे सरकारले जवाफ नदिएको भन्दै फेवाताल संरक्षणको स्थायी समाधानको कार्ययोजना संसद्मा पेस गर्न सरकारसँग आग्रह गरे।
उनले फेवातालको आसपासको क्षेत्रमा दिनहुँ ३०/४० वटा डोजरहरू जग्गा प्लटिङ भइरहेको र सो क्षेत्रको सार्वजनिक जग्गा ९ सय जना व्यक्तिको नाममा नामसारी गरिएको पुण्य पौडेलको अध्यक्षतामा गठित प्रतिवेदनमा उल्लेख भएकाले सो प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
