बुधबार मात्रै रुसले आक्रमणका लागि पठाएका २१ मध्ये १६ वटा ड्रोन युक्रेनी सीमा नजिकै हानेर खसालेको युक्रेनी सेनाको दाबी छ।
रुसले बुधबार युक्रेनका विभिन्न शहरमा ड्रोन आक्रमणलाई तीव्र पारेको छ।
यस क्रममा किभ क्षेत्रमा आवासीय क्षेत्रमा भएको ड्रोन आक्रमणमा ४ जना युक्रेनी नागरिकको मृत्यु भएको युक्रेनी अधिकारीहरूले जनाएका छन्। साथै, एकजना ११ वर्षीय बालकको उद्धार गरिएको उद्धारकर्ताहरूको भनाइ छ।
यस्तै, राजधानी किभ नजिकैको रिजेस्चिभ शहरका दुईवटा आवासीय भवनको माथिल्लो तलामा ड्रोन आक्रमण भएको बताइएको छ। त्यस शहरमा भत्किएका संरचनाहरूमा परी ४ जना बेपत्ता भएको युक्रेनी आकस्मिक सेवालाई उदृत गर्दै बीबीसीले जनाएको छ।
युक्रेनको ओडेसास्थित एक तीनतले घरमा भएको अर्को आक्रमणमा तीन जना घाइते भएको र रुसले जितोमिर क्षेत्रबाट पनि आक्रमण गरिरहेको बीबीसीले जनाएको छ।
बुधबार मात्रै रुसले आक्रमणका लागि पठाएका २१ मध्ये १६ वटा ड्रोन युक्रेनी सीमा नजिकै खसालिएको युक्रेनी सेनाको दाबी छ।
रुसी आक्रमणको प्रतिकार गर्दै युक्रेनी बलले हालै बाख्मुत शहरको पश्चिमतर्फ आक्रमण शुरू गरेको बेलायती रक्षा मन्त्रालयले जनाएको छ। हाल युक्रेनको उत्तरी र दक्षिणी क्षेत्रमा युद्ध जारी रहेको बताइएको छ।
यता, रुसको कब्जा गरेको स्वशासित क्षेत्र क्रिमियाका रुस समर्थित अधिकारीहरूले युक्रेनले आफ्नो क्षेत्रमा ड्रोन आक्रमण गरिरहेको आरोप लगाएका छन्।
रुसी अधिकारी मिखाइल राजभोजहेभका अनुसार युक्रेनले ब्ल्याक सीस्थित रुसी जहाजलक्षित आक्रमण गर्दा क्षति पुगेको तर रुसी लडाकुँ विमान सकुशल रहेको बताएका छन्। यस आक्रमणबारे युक्रेनी अधिकारीहरूले भने प्रतिक्रिया जनाएका छैनन्।
यता, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले २० भन्दा बढी हत्यारा ड्रोनहरू उडाउनुका साथै क्षेप्यास्त्र र गोली चलाएको बताएका छन्। चिनियाँ राष्ट्रपति रुस भ्रमण सकेर स्वदेश फर्कने तयारी गरिरहँदा जेलेन्स्कीले मस्कोमा जतिपटक शान्ति भन्ने शब्द उच्चारण भयो त्यतिपटक नै आक्रमणको निर्देशन पनि दिइएको भन्दै पुटिन र सीको भेटवार्ताबारे आलोचना गरेका थिए।
यता, रुसी राष्ट्रपति पुटिनले मंगलबार किभ र पश्चिमा मुलुकहरू तयार भए चीनले तयार पारेको १२ बुँदै शान्ति योजनाका प्रावधान लागू गर्न सकिने बताएको थियो।
-एजेन्सी
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
