जसपा प्रवक्ता मनिष सुमनले सत्ता गठबन्धनबाट बारा-२ मा आफ्नो पार्टीको स्वाभाविक दाबी रहेको बताएका छन्।
काठमाडौँ - बारा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी (जसपा)ले दाबी गरेको छ।
पार्टीले बारा निर्वाचन क्षेत्र नम्बर २ मा यसअघि आफ्नो पार्टीबाट उपराष्ट्रपति रामसहायप्रसाद यादव निर्वाचित भएकाले उक्त निर्वाचन क्षेत्रमा जसपाको दाबी रहने बताएका हुन्।
बुधवार पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता मनिष सुमनले बारा निर्वाचन क्षेत्र नम्बर २ सत्ता गठबन्धनबाट जसपाले पाउनुपर्ने दाबी गरे।
उनले बारा २ मा सत्ता गठबन्धनबाट साझा उम्मेदवार जनता समाजवादी पार्टीको हुने र त्यसमा आफ्नो पार्टीको हक लाग्ने बताए। उनले आजको बैठकले उपनिर्वाचनका लागि आयोगले निर्धारित गरेको समयभित्र नै निर्वाचन आयोगमा दल दर्ता गराउने निर्णय गरेको बताए।
उनले भने, “उपनिर्वाचनका लागि निर्वाचन आयोगले वैशाख १० गते तोकेको छ। तनहुँ, चितवन र बारा निर्वाचन गराउने भनेको छ। त्यसको लागि आयोगले निर्धारित गरेको समयभित्र नै जनता समाजवादी पार्टीले दर्ता गराउने निर्णय गरेका छौँ। बारा-२ मा सत्ता गठबन्धनबाट साझा उम्मेदवार जनता समाजवादी पार्टीको हुने भन्ने अपेक्षा छ।”
प्रवक्ता सुमनले बैठकले चैत्र २७,२८ र २९ गते तीन दिनको लागि काठमाडौँमा हुने विधान अधिवेशनलाई व्यवस्थित बनाउन रकम चेम्जोङ, विजय यादव र मनिष सुमन रहेको तीन जनाको कार्यदल बनाउने निर्णय गरेको पनि बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
