सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन तथा सामुदायिक रेडियो प्रसारक संघको १७ औँ वार्षिक साधारणसभा शुरू भएको छ।
काठमाडौँ- सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन तथा सामुदायिक रेडियो प्रसारक संघको १७ औँ वार्षिक साधारणसभा बुधबारबाट ललितपुरमा शुरू भएको छ।
सामुदायिक रेडियो प्रसारक संघ (अकोराब नेपाल)को आयोजनामा शुरू भएको कार्यक्रमको पहिलो दिन आज ‘पारदर्शी र सबल स्थानीय सरकारका लागि सामुदायिक साझेदारी’ विषयमा छलफल भएको छ ।
त्यस्तै, कार्यक्रममा ‘परम्परागत हानिकारक अभ्यास, अपांगता भएका व्यक्तिका सवाल र लैंगिक समावेशीकरण’ र ‘बदलिँदो सूचना प्रविधिमा सामुदायिक रेडियोको दिगोपना’ विषयमा छलफल भएको छ।
छलफलमा देशभरका सामुदायिक रेडियोका प्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि र विषयगत मन्त्रालयका अधिकारी सहभागी रहेको अकोराबका अध्यक्ष अर्जुन गिरीले जानकारी दिए।

साधारणसभाको बन्द सत्रमा आजै, सामुदायिक रेडियो प्रसारक संघका महासचिव किशोरजंग थापाले संगठनात्मक, कोषाध्यक्ष सरोज पौडेलले आर्थिक र लेखा समितिका संयोजक डाक्टर भूमि चापागाईंले लेखा समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची छ।
यसैबीच, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले सामुदायिक रेडियोसँग सहकार्य गर्न ७ सय ५३ वटै स्थानीय तहलाई आग्रह गरे।
सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन तथा १७औँ साधारणसभामा शुभकामना दिँदै मन्त्री मोदीले नागरिकलाई सूचना र आफ्ना गतिविधिका बारेमा जानकारी दिन सामुदायिक रेडियो सबैभन्दा प्रभावकारी माध्यम भएकाले स्थानीय तहले सहकार्य गर्नुपर्ने बताए।
सामुदायिक रेडियोको दिगोपनाका लागि पनि स्थानीय तहले सहयोग गर्नुपर्ने सामुदायिक रेडियोलाई पालिकाले साझेदारको रूपमा सम्बोधन गर्नुपर्नेमा उनको जोड थियो।
साधारणसभा र राष्ट्रिय सम्मेलनको औपचारिक कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यतामा बिहीबार हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
