प्रहरीले कीर्ते गरी तिब्बती शरणार्थीको नेपाली नागरिकता बनाइदिएको आरोपमा ५ जनालाई पक्राउ गरेको छ।
काठमाडौँ- एक समूहले नक्कली कागजात पेश गरेर तिब्बती शरणार्थीलाई सक्कली नागरिकता बनाएको खुलेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार यसरी कीर्ते गरी नागरिकता निकाल्ने पाँच जनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ।
पक्राउ पर्नेमा झापाका कृष्णबहादुर कटुवाल, भक्तपुर घर भई काठमाडौँ बस्ने न्युल्केश श्रेष्ठ, मोरङका हीरालाल शिवाकोटी, तनहुँका लोब्साङ ठिन्ले र जिल्ला प्रशासन कार्यालयमा क्यान्टिन चलाएर बस्ने विजय लामा रहेको प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए।
उनका अनुसार उनीहरूको साथबाट नक्कली नागरिकता, विभिन्न शैक्षिक संस्थाको शैक्षिक प्रमाणपत्र, सवारी चालक अनुमतिपत्र, जन्मदर्ता, बसाइँसराइ, विवाह दर्ता, सम्बन्धविच्छेद जस्ता वडा कार्यालयको सिफारिसलगायतका महत्त्वपूर्ण अन्य विविध कागजात, कीर्ते गर्न प्रयोग हुने वडा कार्यालयको छाप तथा दस्तखत, नक्कली कागजात पेश गरी बनाइएको गैरनेपालीले प्राप्त गरेको सक्कलै नागरिकता बरामद गरिएको छ।
उनीहरूलाई नागरिकता ऐन तथा लिखतसम्बन्धी कसुरमा आवाश्यक कारबाहीका लागि आज जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए। पक्राउ परेका कृष्णबहादुर कटवाल मुख्य योजनाकार भएको समेत प्रहरीले जनाएको छ।
उनले विगत १० वर्षदेखि लाइसेन्स र दर्ता बिना नै लेखापढी गर्ने कार्य गर्दै आएका थिए। उनी जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट तिब्बती शरणार्थीको सक्कलै नेपाली नागरिकता बनाउने क्रममा विभिन्न व्यक्तिलाई नक्कली बाबुको रूपमा उपस्थित गराई सनाखत गराउन गैरकानूनी कार्यमा संलग्न रहेको पाइएको छ।
कटवालले न्युल्केश श्रेष्ठलाई मिङछुङ शेर्पा नामको नक्कली नेपाली नागरिकता बनाई हरेक पटक रु १० हजार दिई भाडामा नक्कली बाबुको रूपमा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उपस्थित गराई सनाखत गराउने गरेको प्रहरीले जानकारी दिएको छ।
न्युल्केश श्रेष्ठले हालसम्म तिब्बती व्यक्ति सोनाम छोडेन, टासी शेर्पा, यशोदा शेर्पा, नाम्से शेर्पालगायतको सक्कलै नागरिकता बनाउन नक्कली बाबु बनी सहयोग गरेको पाइएको छ।
कटवालले त्यसरी कीर्ते कागजात तयार गरी गैरनेपालीलाई सक्कली नेपाली नागरिकता दिलाउन प्रतिव्यक्ति रु तीन लाखदेखि पाँच लाखसम्म रकम लिने गरेको खुलेको छ।
नागरिकता लिएका अन्य २५/३० जनाको सक्कलै नागरिकतामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीहरूको समूहले अहिलेसम्म पाँच सयभन्दा बढी व्यक्तिलाई
यस्तै प्रक्रियाबाट नागरिकता दिलाएको प्रहरीको अनुमान छ। कटवाल यसअघि ठगी मुद्दामा कारबाही भोगिसकेका व्यक्ति भएको प्रहरीले जानकारी दिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
