विश्व नेपाली नारी साहित्य सम्मेलनमा भारतका विभिन्न राज्य, अमेरिका, भूटान, म्यानमारलगायतका देशबाट गरी दुई सय बढी नारी साहित्य स्रष्टाको सहभागिता रहने छ।
काठमाडौँ- यही चैत्र १० देखि १३ गतेसम्म सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढीमा हुने विश्व नेपाली नारी साहित्य महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ।
आयोजक सुदूरपश्चिम साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयले विश्व नेपाली नारी साहित्य सम्मेलनमा भारतका विभिन्न राज्य, अमेरिका, भूटान, म्यानमारलगायतका देशबाट गरी दुई सय बढी नारी साहित्य स्रष्टाहरूको सहभागिता रहने आज बुधबार धनगढीमा भएको पत्रकार सम्मेलनमा जानकारी दिए।
“धनगढी साहित्यिक सहरका रूपमा स्थापित भइसकेको छ”, उनले भने, “हामीले नेपालमै पहिलो पटक धनगढीमा तीन वर्षअघि विश्व नेपाली साहित्य सम्मेलनको सफल आयोजना गरिसकेका छौँ। गत वर्ष नेपाली साहित्य सम्मेलन आयोजना भएको छ। यो (विश्व नेपाली नारी साहित्य सम्मेलन) आयोजनाले धनगढीसहित सुदूरपश्चिमको भाषा, साहित्य र कलामा नयाँ उचाइ थप्ने विश्वास गरेका छौँ।”
महोत्सवमा विलक्षण साहित्यिक प्रतिभा झमक घिमिरेलाई सम्मान गरिने कार्यक्रम तय भएको छ। साहित्यकार झमकलाई रु एक लाख ११ हजार राशिको बद्री–कृष्णा वाङ्मय पुरस्कार प्रदान गरिने छ। महोत्सव आयोजनाका लागि रु ५० लाखभन्दा बढी खर्च हुने आयोजकले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
