५० हजार घुससहित जनकपुरधाम उपमहानगरपालिका-११ का वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडासचिव माधवकुमार राय पक्राउ परेका छन्।
काठमाडौँ- धनुषा, जनकपुरधाम उपमहानगरपालिका-११ का वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडा सचिव माधवकुमार राय घुस रकमसहित पक्राउ परेका छन्।
उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले ५० हजार घुससहित पक्राउ गरेको हो।
जग्गा दर्ता कायम गर्ने सर्जमिन मुचुल्काको रोहबरमा दस्तखतका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको उजुरीको आधारमा उनीहरूलाई जनकपुरधाम-६, रामजानकी हस्पिटल नजिकबाट पक्राउ गरिएको कार्यालयका सूचना अधिकारी कृष्णप्रसाद हुमागाईंले जानकारी दिए।
घटनाबारे थप अुनसन्धान भइरहेको अख्तियारले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
