सन् २०२२ जनवरीमा ३ करोड ८५ लाख १६ हजार रहेको क्यानडाको जनसंख्या सन् २०२३ जनवरीमा ३ करोड ९५ लाख ६६ हजार पुगेको छ। यो १९५७ यताकै उच्च (२.७ प्रतिशत) वृद्धिदर हो।
क्यानडाको वार्षिक जनसंख्या वृद्धिदर सन् १९५७ यताकै उच्च देखिएको छ।
सन् २०२२ जनवरी १ मा ३ करोड ८५ लाख १६ हजार रहेको क्यानडाको जनसंख्या सन् २०२३ जनवरीमा ३ करोड ९५ लाख ६६ हजार पुगेको त्यहाँको तथ्यांक विभागले जनाएको छ। यो १९५७ यताकै उच्च (२.७ प्रतिशत) वृद्धिदर हो।
हाल बढेको जनसंख्यामध्ये ९६ प्रतिशत हिस्सा आप्रवासीले ओगटेको बीबीसीले जनाएको छ। “क्यानडामा स्थायी र अस्थायी आप्रवासीको संख्या बढेसँगै मुलुकको केही क्षेत्रमा आवास, संरचना, यातायात सेवा तथा सर्भिस डेलिभरीमा चुनौती थपिएको छ,” जनसंख्या वृद्धिले पारेको प्रभावबारे सरकारले भनेको छ।
क्यानडामा वृद्ध जनसंख्याका कारण अर्थतन्त्रमा देखिएको दूरी घटाउन भन्दै प्रधानमन्त्री जस्टिन ट्रुडोले आप्रवासीको संख्या बढाउने नीति ल्याएका थिए। जस अन्तर्गत गत वर्ष सरकारले सन् २०२५ सम्ममा ५ लाख आप्रवासीलाई स्वागत गर्ने घोषणा गरेको थियो।
क्यानडाले द्वन्द्वग्रस्त र मानवीय संकट भोगिरहेका युक्रेन र अफगानिस्तानसहित टर्की र सिरियाका भूकम्प प्रभावितलाई पनि आश्रय दिइरहेको छ। सन् २०२२ मा मात्रै क्यानडाले ४ लाख ३७ आप्रवासीलाई स्वागत गरेको छ।
अस्थायी बसोबास गर्ने आप्रवासीको संख्या पनि बढेर ६ लाख नाघेको छ, जुन एकै वर्षमा अध्यागमन आवेदन प्रक्रियाको किर्तिमानी संख्या हो। क्यानडाको जनसंख्या बढ्नु भनेको क्यानडा आर्थिक सहकार्य र विकास संगठन (ओईसीडी)का ३८ देशमा सन् २०२२ मा पहिलो स्थानमा रहनु पनि हो।
साथै, अब क्यानडा विश्वका धनी देशको समूह जी सेभेनमा सदस्य देशमध्ये सबैभन्दा छिटो जनसंख्या बढिरहेको देश भएको त्यहाँको तथ्यांक विभागले जनाएको छ।
२.७ प्रतिशतको वृद्धिदर कायम रहे यहाँको जनसंख्या अबको २६ वर्षमा दोब्बर हुने छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
