ललितपुर मेयर्स महिला कपमा सुदूरपश्चिमले ललितपुर मेयर्स ११ लाई ५१ रनले पराजित गर्दै विजयी शुरूआत गरेको छ।
काठमाडौँ– सम्झना खड्काको अर्धशतकमा सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर्स महिला कपमा विजयी शुरूआत गरेको छ। बिहीबार सम्पन्न उद्घाटन खेलमा सुदूरपश्चिमले ललितपुर मेयर्स ११ लाई ५१ रनले पराजित गरेको हो।
सुदूरपश्चिमले दिएको १३८ रनको लक्ष्य पछ्याएको ललितपुर निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८६ रनमा समेटियो। ललितपुरकी ओपनर लक्ष्मी चौधरीले सर्वाधिक २५ रनको योगदान दिइन्। उनले ३८ बलमा २ चौका प्रहार गरिन्।
उनले अर्की ओपनर कन्चन श्रेष्ठसँग पहिलो विकेटका लागि ४० रनको साझेदारी गरेकी थिइन्। तर, अन्य ब्याटरले भने फराकिलो साझेदारी गर्नै सकेनन्।
कन्चन ९.२ ओभरमा ऋितु कनौजियाले फ्याँकेको बलमा विकेटकिपर रूवि पोडारबाट कट बोल्ड भइन्। उनले ३२ बलमा १ चौकासहित १६ रन बनाइन्।
ललितपुरकी हेलिशा गुरुङले २३ बलमा २ चौकासहित १९ रन बनाइन्। अन्य ब्याटरले भने दोहोरो अंकमा रन बटुल्न सकेनन्।
सुदूरपश्चिमकी ऋतु कनौजियाले ४ ओभर बलिङ गर्दै १२ रन खर्चिएर २ विकेट लिइन्। अन्य ५ ब्याटर भने रन आउट भएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
