राष्ट्र बैंकले सीमा बढाउँदै ६० हजार अमेरिकी डलर बराबरको चाँदी आयात गर्न सकिने व्यवस्था गरेको छ।
काठमाडौँ– नेपाल राष्ट्र बैंकले एक पटकमा ६० हजार अमेरिकी डलर बराबरको चाँदी आयात गर्न सकिने व्यवस्था गरेको छ।
केन्द्रीय बैंकअन्तर्गतको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत निर्देशन परिमार्जन गर्दै व्यवसायीले एकपटकमा ६० हजार डलर बराबरको चाँदी आयात गर्न सक्नेगरी डलर सटहीको सीमा बढाएको हो। यसअघि ३५ हजार अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रा बराबरको चाँदी आयात गर्न पाउने सीमा थियो।
चाँदी आयात गर्ने व्यवसायीले राष्ट्र बैंकले तोके अनुसारको मापदण्ड भने पालना गर्नुपर्छ। सुनचाँदीको कारोबारमा संलग्न स–साना व्यवसायीले गरगहना, हस्तकला लगायतका सामान बनाउन आफूलाई आवश्यक पर्ने चाँदी वाणिज्य बैंकहरूबाट मासिक एक किलोसम्म खरिद गर्न सक्ने व्यवस्था छ। तर, निर्यातको हकमा भने मासिक एक केजीको प्रावधान लागू नहुने केन्द्रीय बैंकले जनाएको छ।
चाँदीको आयात/बिक्रीसम्बन्धी विवरण सम्बन्धित बैंक तथा वित्तीय संस्थाले संलग्न अनुसूचीको ढाँचामा मासिक रूपमा महिना समाप्त भएको सात दिनभित्र राष्ट्र बैंकको विदेशी व्यवस्थापन विभागमा पेस गर्नुपर्ने संशोधित परिपत्रमा उल्लेख छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
