भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठले पुँजीगत खर्च बढाउन र व्यापार घाटा कम गर्न नसके समृद्धिको नाराले मात्र अर्थतन्त्र चलायमान हुन नसक्ने बताएका छन्।
काठमाडौँ– उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पुँजीगत खर्च कार्यान्वयनको क्षमता वृद्धि गर्न र व्यापार घाटा कम गर्न नसकेसम्म अर्थतन्त्र चलायमान हुन नसक्ने बताएका छन्। बिहीबार नेपाल–इटली उद्योग वाणिज्य संघको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्।
उनले देशमा सुशासन कायम गर्न नसके, पुँजीगत खर्च कार्यान्वयनको क्षमता वृद्धि गर्न नसके र व्यापार घाटा कम गर्न नसके समृद्धिको जतिसुकै नारा लगाए पनि देशको अर्थतन्त्र चलायमान हुन नसक्ने दाबी गरे।
उनले अर्थतन्त्रलाई गति दिन र समृद्धिको लक्ष्य पूरा गर्न सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुको विकल्प नरहेको बताए। “सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्ने आवश्यकता छ। स्वाभाविक रूपमा यसको लागि नेतृत्वदायी पहल राज्यले लिनेछ,” उनले भने।
मन्त्री श्रेष्ठले नेपालको व्यापार घाटा कम गर्न उत्पादन वृद्धि, आयात प्रतिस्थापनद्वारा आयात नियन्त्रण र निर्यात प्रवर्द्धन गर्न जरुरी रहेको बताए। उनले ऋणको ब्याजदर अहिले धेरै नै बढेको भए पनि व्यापारमा ठोस निर्णय गरेर कार्यान्वयन गर्ने बिन्दुमा सरकार नरहेको उल्लेख गरे। “व्यावहारिक रूपमा हामीले व्यापारमा ठोस निर्णय गरेर कार्यान्वयन गर्ने बिन्दुमा आइसकेका छैनौँ, तर गम्भीरतापूर्वक तयारी गरिरहेका छौँ,” उनले भने।
मन्त्री श्रेष्ठले नेपाल र इटलीबीचको कूटनीतिक सम्बन्धलाई नागरिकस्तरमा विकास गर्दै दुई मुलुकबीच एक अर्काका उत्पादन आदानप्रदान गर्ने र नेपालमा इटालीका पर्यटक भित्र्याउने काम गर्नुपर्ने बताए। उनले आत्मनिर्भर र स्वावलम्बी अर्थतन्त्रको विकासमा जोड दिन आवश्यक रहेको धारणा राखे। नेपालले इटलीमा वार्षिक १ अर्ब १४ करोडको सामान निर्यात गर्ने गरेको र इटलीसँग नेपालको व्यापार घाटा २ अर्ब ९६ करोड रुपैयाँ रहेको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
