अन्तर्राष्ट्रिय खेल जीवनबाट संन्यास घोषणा गरेका सुजल श्रेष्ठले ११ वर्ष छातीमा देशको झण्डा बोकेर मैदान उत्रिने अवसर पाउँदा गर्बिलो महसुस गरेको बताएका छन्।
काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर सुजल श्रेष्ठले अन्तर्राष्ट्रिय खेल जीवनबाट संन्यास लिएका छन्। मछिन्द्र फुटबल क्लबबाट 'ए' डिभिजन लिग खेलिरहेका उनले बिहीबार संन्यासको घोषणा गरेका हुन्। उनी बिहीबार राति अस्ट्रेलिया प्रस्थान गर्दै छन्। त्यसअघि उनले सामाजिक सञ्जालमार्फत संन्यासको घोषणा गरेका हुन्।
एन्फा एकेडेमीका उत्पादक सुजलले सन् २०११ मा भुटानविरुद्धको मैत्रीपूर्ण खेलमार्फत राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए। त्यसयता उनले ४५ खेल खेलेका थिए। उनले राष्ट्रका लागि ३ गोल गरेका छन्। उनले ११ वर्ष छातीमा देशको झन्डा बोकेर मैदान उत्रिने अवसर पाउँदा गर्बिलो महसुस गरेको बताएका छन्।
"११ वर्ष आफ्नो देशको झन्डा छातीमा बोकेर मैदानमा उत्रिने अवसर पाउँदा निकै गर्बिलो महसुस गरेको छु। केही खुशीका पल त केही दुःखका, कतै उपाधि त कतै निराश क्षणलगायत यी सबै तीता मीठा सम्झनाहरू मनमा समेटी आज म राष्ट्रिय टोलीबाट आफ्नो संन्यास घोषणा गर्दछु," सुजलले लेखेका छन्।
नेपालले सन् २०१६ मा मलेसियामा आयोजना भएको एएफसी सोलिडारिटी कपको उपाधि जित्दा सुजल टोलीका महत्त्वपूर्ण सदस्य थिए। यस्तै, घरेलु मैदानमा आयोजना भएको १३औँ सागमा सुजलको कप्तानीमा नेपालले स्वर्ण पदक जितेको थियो। उनले अब नयाँ पुस्ताको लागि टोली छाडेको बताएका छन्।
"यति लामो समयसम्म राष्ट्रिय टोलीको जर्सी लगाउन पाउनु मेरो लागि ठूलो सम्मान थियो। मैले यो गर्व र जोसका साथ निर्वाह गरेँ। हाल राष्ट्रिय टोलीमा रहेका र अन्य भाइहरू धेरै क्षमतावान् छन्। र, म विश्वस्त छु कि भाइहरूले देशको झन्डा झुक्न दिने छैन। अब पालो नयाँ पुस्ताको हो," उनले लेखेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
