खेलमा सट्टेबाजी गर्न प्रयोग हुने ‘वान–एक्स बेट’ का एजेन्ट रहेका उनीहरूले विभिन्न समयमा सट्टेबाजी गराएर झन्डै ६० करोड कारोबार गरेको पाइएको प्रहरीले जनाएको छ।
काठमाडौँ– नेपालमा अवैध रहेको सट्टेबाजीमा नेपाली एजेन्टहरूले नक्कली कम्पनी खडा गरी दर्जनौँ खातामार्फत करोडौँको कारोबार गरेको पाइएको छ। ६ जना नेपाली एजेन्टहरूले विश्वमा सञ्चालित विभिन्न खेल तथा अन्य गतिविधिमा सट्टेबाजी गर्न प्रयोग हुने बेटिङ एप्लिकेशनमार्फत सट्टेबाजी खेलाएर करोडौँको कारोबार गरेको खुलेको हो।
प्रारम्भिक विवरणमा उनीहरूले विभिन्न समयमा सट्टेबाजी खेलाएर झन्डै ६० करोड कारोबार गरेको पाइएको प्रहरीले जनाएको छ।सट्टेबाजीमा जुम्ला घर भई भक्तपुर लोकन्थली बस्ने २३ वर्षका दिलीप सिंह कठायत, सोही ठाउँका भुपालराज न्यौपाने, नयनराज भण्डारी, सर्लाहीका वरुणकुमार सिंह, काठमाडौँका वासुदेव पाण्डे र काभ्रेपलाञ्चोकका शिवानी तामाङ एजेन्टकै रूपमा संलग्न रहेको अनुसन्धानमा देखिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए।
सट्टेबाजी भइरहेको भन्ने सूचनाका आधारमा काठमाडौँको बानेश्वर, पेप्सीकोला र भक्तपुरको लोकन्थलीमा प्रहरीले गरेको खोज अनुसन्धानमा उनीहरू सट्टेबाजी खेलमा प्रयोग हुने ‘वान–एक्स बेट’ का एजेन्ट रहेको पाइएको उनको भनाइ छ। उनीहरूले विभिन्न सेवा प्रदायक टेलिकम कम्पनीका ३३६ भन्दा बढी सिमकार्ड प्रयोग गरेको पनि अनुसन्धानका क्रममा खुलेको छ।
उनीहरूमध्ये दिलीपले विगत एक वर्षदेखि, भूपालराज न्यौपानेले विगत नौ वर्षदेखि, नयनराजले विगत छ वर्षदेखि, वरुणकुमारले विगत छ महिनादेखि, शिवानीले आफ्नै नाममा खाता खोली रोशनी गुरुङलाई उक्त खाता चलाउन दिई विगत आठ महिनादेखि र वासुदेव पाण्डेले एक महिनादेखि वान–एक्स बेटमा सट्टाबाजी गर्ने एजेन्टका रूपमा काम थालेको अनुसन्धानमा देखिएको छ।
उनीहरूले रकम संकलन र भुक्तानी गरेका आधारमा कमिसन निर्धारण हुने भएकाले त्यसको लोभमा विभिन्न व्यक्तिलाई फसाएर उनीहरूको नाममा डिजिटल वालेटमा खाता खोलेर कारोबार गर्ने गरेको पाइएको छ।
उनीहरूमध्ये दिलीप, भुपालराज र नयनराजको नाममा रहेको आठ वटा र आफन्तको नाममा दुई वटा नक्कली कम्पनीको नाममा दुई वटा कर्पाेरेट खातासहित १२ वटा खाता सञ्चालन गरी बेटिङ कारोबार गर्ने गरेको पाइएको छ।
तीमध्ये नौ वटा खाताको कारोबार हेर्दा हालसम्म कुल रु सात करोड ७७ लाख ८७ हजार कारोबार भएको देखिएको छ। प्रहरीका अनुसार वरुणको खातामा ८२ लाख, शिवानीको खातामा ४७ लाख कारोबार भएको पाइएको छ।
प्रहरीको अनुसन्धानमा फेला परेको तथ्यअनुसार उनीहरूले अन्य ३५ जना व्यक्तिको नाममा डिजिटल वालेटमा खाता खोली ४१ करोड र अन्य १५ जना व्यक्तिको ३४ वटा खातामा १२ करोड २५ लाख कारोबार गरेको पनि फेला पारेको छ। पक्राउ परेकाहरूको खाताबाट भने आठ करोड ८ लाख कारोबार भएको पाइएको छ।
उनीहरूलाई पक्राउ गरी मुलुकी अपराध संहिताको दफा १२५ को उपदफा ४ बमोजिम सट्टाबाजी गर्न नहुने कसुरअन्तर्गत जिल्ला प्रहरी परिसर भक्तपुर र काठमाडौँले अनुसन्धान थालेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
