फेडरल रिजर्वले अमेरिकाको बैंकिङ प्रणाली सहज र मजबुत रहेको दाबी गर्दै फेरि ब्याजदर बढाएसँगै सन् २००७ यताकै उच्च ५ प्रतिशत ब्याजदर कायम भएको छ।
अमेरिकी बैंकहरूले वित्तीय संकटको सामना गरिरहेको बेला फेडरल रिजर्भ (केन्द्रीय बैंक)ले फेरि ब्याजदर वृद्धिको घोषणा गरेको छ। फेडरल रिजर्भले अमेरिकाको बैंकिङ प्रणाली सहज र मजबुत रहेको दाबी गर्दै ०.२५ प्रतिशत ब्याजदर वृद्धि गरेको हो। योसँगै अमेरिकामा ब्याजदर सन् २००७ यताकै उच्च ५ प्रतिशत कायम भएको छ।
उच्च ब्याजदरकै कारण अमेरिकी बैंकहरू धराशायी भएको विश्लेषणबीच पुनः ब्याजदर बढाइनुले संकट थप बढ्ने र आगामी महिनाको आर्थिक विकासमा बाधा पुग्ने बीबीसीले जनाएको छ।
यसै महिना अमेरिकाको सिलिकन भ्याली बैंक र सिग्नेचर बैंक धराशायी भएका थिए। यस्तै, अर्को धराशायी हुन लागेको बैंक सिल्भरगेटलाई अन्य बैंकहरूले सहयोग गरेका थिए। गत वर्षको उच्च ब्याजदरले नै यी बैंकहरूमा नकारात्मक असर परेको विश्लेषण भइरहेको छ।
यद्यपि, विश्वका अधिकांश वित्तीय निकायले केही अमेरिकी बैंकको अवस्था खराब हुँदैमा समग्र वित्तीय क्षेत्रमा अस्थिरता नआउने बताएको बीबीसीले लेखेको छ।
फेडरल रिजर्भका अध्यक्ष जेरोमी पावेलले केन्द्रीय बैंक मूल्यवृद्धि कम गर्नेमा केन्द्रित रहेको बताएका छन्। हालै धराशायी बनेको सिलिकन भ्याली बैंकको वित्तीय प्रणाली राम्रो भए पनि तथ्यांक विश्लेषणमा समस्या देखिएको उनको भनाइ छ।
तर, बैंकिङ क्षेत्रको अस्थिरताले पूर्ण रूपमा असर पार्छ र विकासमा बाधा पुग्छ भन्नेमा अहिले स्पष्ट हुन नसकिने उनको भनाइ छ।
अमेरिकी बैंकहरू धराशायी हुनुअघि पावेलले अवस्थालाई नियन्त्रणमा राख्न ब्याजदर बढी नै राख्न अधिकारीलाई चेतावनीसमेत दिएका थिए।
ब्याजदर वृद्धिबारे उनी भन्छन्, “हामीले मूल्यवृद्धिलाई २ प्रतिशतमा सीमित गर्नुपर्नेछ। यो कठिन छ र हामी असफल हुने सम्भावना पनि उच्च छ। तर पनि महँगीविरुद्धको लडाइँमा पछि हट्दैनौँ।”
ब्याजदर बढ्नु भनेको घरजग्गा, व्यापारसहित सबै क्षेत्रको कर्जामा बढ्नु हो। ब्याजदर वृद्धिको असर अमेरिकी घरजग्गा व्यवसायमा देखिन थालिसकेको छ। पछिल्लो एक वर्षयता अमेरिकामा घरजग्गा खरिदकर्ता उल्लेख्य रूपमा घटेका छन्। यस वर्षको फेब्रुअरीमा गत वर्षको तुलनामा घरजग्गाको मूल्य पनि घटिरहेको छ।
घरजग्गामा यस्तो गिरावट एक दशकपछि पहिलो पटक देखिएको बीबीसीले जनाएको छ। खाना, हवाई टिकटसहित केही विशेष वस्तुको मूल्य बढिरहेको छ। अमेरिकामा एक वर्षयता मात्रै ६ प्रतिशतले महँगी बढेको छ।
गत साता मात्रै युरोपेली केन्द्रीय बैंकले पनि ब्याज ०.५ प्रतिशतका दरले बढाएको थियो। यता, बेलायतले पनि बिहीबार ब्याजदरसम्बन्धी निर्णय गर्ने तयारी गरेको बताइएको छ। बेलायतमा फेब्रुअरीमा महँगी १०.४ प्रतिशतले बढेको तथ्यांक सार्वजनिक भएको भोलिपल्टै बेलायतले ब्याजदरको निर्णय गर्न लागेको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
