मन्त्री भुसालले अर्को निर्वाचनमा आफू प्रत्यक्षतर्फको उम्मेदवार नबन्ने घोषणा गरेकी छन्।
काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसालले आफूले प्रत्यक्षतर्फ निर्वाचन लड्ने यो नै अन्तिम पटक भएको बताएकी छन्।
ललितपुर-३ को प्रतिनिधिसभा सदस्यको उम्मेदवारसमेत रहेकी मन्त्री भुसालले अर्को निर्वाचनमा भने आफू प्रत्यक्षतर्फको उम्मेदवार नबन्ने घोषणा गरेकी हुन्।
शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अर्को निर्वाचन आउँदा आफू ६५ वर्ष पुग्ने भएकाले उमेर अवस्थाले गर्दा पनि आफूले निर्वाचन नलडने अवस्था आउने स्पष्ट पारिन्।
उनले त्यसबेला आफूले समानुपातिकतर्फको निर्वाचनमा जान सक्ने वा पार्टीको महत्त्वपूर्ण जिम्मेवारी लिएर बस्न सक्ने भन्दै युवालाई प्रत्यक्षतर्फको निर्वाचनमा लडने तयारी गर्न पनि आग्रह गरिन्।
मन्त्री भुसालले भने, "अब अर्को संसद आउने बेलासम्म म ६५ वर्ष पुग्छु। अरू कुनै कारणले होइन्, मचाहिँ अब उमेर अवस्थाले। प्रत्यक्ष निर्वाचन लड्न घर-घर, टोल-टोल पुगेँ, गल्ली-गल्ली पुगेँ, सबै ठाउँ पुगेँ, अब मसँग त्यो इच्छा छैन। अब मभन्दा युवा साथीहरू आउनुहोस्।"
मन्त्री भुसालले संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सत्तारूढ गठबन्धन बनेको र आगामी निर्वाचनपछि पनि यसले निरन्तरता पाउने दाबीसमेत गरिन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
