ताम्राकार नेपाल एयरलाइन्स (तत्कालीन आरएनएसी)मा १७५ रुपैयाँको जागिर छाडेर १२५ रुपैयाँ तलबमा २०१८ सालमा रेडियो नेपाल प्रवेश गरेकी थिइन्।
काठमाडौँ– रेडियो नेपालकी पूर्वसमाचार सम्पादक एवं वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको निधन भएको छ।
८६ वर्षीया ताम्राकारको उपचारका क्रममा गएराति निधन भएको परिवारले बताएको छ।
ताम्राकार नेपाल एयरलाइन्स (तत्कालीन आरएनएसी)मा १७५ रुपैयाँको जागिर छाडेर १२५ रुपैयाँमा २०१८ सालमा रेडियो नेपाल प्रवेश गरेकी थिइन्।
उनले २०४९ सालसम्म रेडियो नेपालमा समाचार वाचन गरेकी थिइन्। साथै नासो, हाम्रो देशको माटो, हाम्रो वन हाम्रो जीवनलगायत कार्यक्रम सञ्चालन गरेकी थिइन्।
उनले सन् १९८९ मा राष्ट्रसंघीय वातावरण कार्यक्रमअन्तर्गत ग्लोबल ५०० रोल अफ अनर अवार्ड पाएकी थिइन्।
उनको अन्त्येष्टि शनिबार गरिने पारिवारिक स्रोतले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
