विश्व स्वास्थ्य संगठनको वार्षिक प्रतिवेदन २०२२ अनुसार संसारभर ६० लाख पुरुष, ३४ लाख महिला र १२ लाख बालबालिका गरी एक करोड छ लाख मानिस क्षयरोगबाट ग्रसित हुने गरेका छन्।
काठमाडौँ– नेपालसहित विश्वभर आज विश्व क्षयरोग दिवस मनाइँदै छ। ‘हो! हामी क्षयरोग अन्त्य गर्छौँ’ मूल नाराका साथ दिवस दिवस मनाइँदै छ।
नेपालमा बर्सेनि क्षयरोगका ६९ हजार नयाँ बिरामी भेटिने गरेका छन्। हरेक वर्ष १७ हजार व्यक्तिको क्षयरोगका कारण निधन हुने गरेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निमित्त निर्देशक डा. नवीनप्रकाश शाहले जानकारी दिए।
नियमित औषधि खाए रोग निको हुने उनको भनाइ छ। आर्थिक वर्ष २०७८/७९ मा नेपालमा ३७ हजार ८६१ क्षयरोगका बिरामीको उपचार हुने गरेकामा ९१.५ प्रतिशत बिरामी निको हुने गरेका छन् । क्षयरोगीमध्ये ६१।६ प्रतिशत पुरुष, ३८.४ प्रतिशत महिला र ८.७ प्रतिशत (१५ वर्षभन्दा मुनिका बालबालिका) रहेका छन्।
केन्द्रका निर्देशक डा. शाहले वार्षिक ३२ हजार क्षयरोगका बिरामी उपचारभन्दा बाहिर रहेको बताए। नेपालमा औषधि प्रतिरोधी क्षयरोगका अनुमानित बिरामीको संख्या दुई हजार ८०० छ।
यो नेपालको कूल जनसंख्याको अनुपातमा अत्यन्त धेरै हो। विश्व स्वास्थ्य संगठनले सन् २०२१ देखि नेपाललाई औषधि प्रतिरोधी क्षयरोगको उच्च प्रकोप भएका ३० देशको सूचीमा समावेश गरेको छ।
आव २०७८/७९ मा राष्ट्रिय क्षयरोग कार्यक्रममा ९४२ जनामा औषधि प्रतिरोधी क्षयरोग पहिचान भएको थियो। तर, ६५९ जना मात्र उपचारमा थिए।
विश्व स्वास्थ्य संगठनको वार्षिक प्रतिवेदन २०२२ अनुसार संसारभर ६० लाख पुरुष, ३४ लाख महिला र १२ लाख बालबालिका गरी एक करोड छ लाख मानिस क्षयरोगबाट ग्रसित हुने गरेका छन्।
सन् २०२१ मा १६ लाखको क्षयरोगका कारण मृत्यु भएको थियो। नेपाल सरकारले आव २०८२/८३ सम्म क्षयरोग अन्त्य गर्ने लक्ष्य लिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्षयरोग अन्त्यका रणनीतिलाई निर्देशक सिद्धान्त मानी पञ्चवर्षीय रणनीतिक योजना २०७८/७९–२०८२/८३ तयार गरी कार्यान्वयनमा ल्याएको छ।
रणनीतिक योजनाले गुणस्तरीय क्षयरोग सेवाको विस्तार, देशका विभिन्न स्थानमा क्षयरोग प्रेषक प्रयोगशालाको स्थापना, माइक्रोस्कोपिक केन्द्रको विस्तार, केन्द्रीयस्तरमा निर्माण सम्पन्न भएका छातीरोग अस्पतालको सञ्चालन, सातवटै प्रदेशमा क्षयरोग उपचार केन्द्र स्थापना र क्षयरोग रोकथाम तथा उपचार सेवाको विस्तारलगायत छन् ।
हरेक पालिकामा क्षयरोग मुक्त अभियान सञ्चालन गरी नेपाललाई क्षयरोग मुक्त बनाउने सरकारको लक्ष्य छ। आव २०७८/७९ मा २५ स्थानीय तहमा क्षयरोग मुक्त अभियान सञ्चालन गरिएको थियो।
चालु आवमामा १०० स्थानीय तहमा क्षयरोग मुक्त अभियान सञ्चालन भइरहेको छ। चार वर्षभित्र ७५३ स्थानीय तहमै अभियान सञ्चालन गर्ने लक्ष्य छ।
राष्ट्रिय क्षयरोग कार्यक्रमअन्तर्गत सरकारले ८९६ माइक्रोस्कोपिक केन्द्र, ९३ जिनएक्सपर्ट केन्द्र, पाँच हजार ९७१ डट्स केन्द्र, २२ डीआर उपचार केन्द्र र ८१ डीआर उपकेन्द्रबाट क्षयरोगको उपचार गरिरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
